2024-09-10

Close

वीरगंज ८ शुक्रबार
वीरगंज महानगरपालिकाले ठेक्का लगाएको कबाडी करले नियम विपरीत बढि रकम असुली गरेरहेको व्यापारीहरुले गुनासो गरेका छन्।
महानगरले ठेक्का मार्फत उठाउन लगाएको कबाडी करको नाउमा सवारी करको रेटमा उठाउदै तोकिएको स्थानवाट दुई ठाऊमा बढि ढाँट राखि पुर्जी भन्दा बढि रकम लिने गरेको नाम नछाप्रने सर्तमा एक भारतीय चालकले बताएका छन्।
महानगरले कबाडीकर सङ्कलनका लागि ठेकेदारलाई जगदम्बा इन्टरप्राइजेज केराढोका, जगदम्बा सिमेन्ट उद्योगचोक, अम्बे सिमेन्टचोक, ज्योति स्पिनिङचोक, जगरनाथपुर नहर, गण्डक नहर, तेजबहादुर अमात्य सालिक, लक्ष्मणवा, इनर्वा, शङ्कराचार्यद्वार, श्रीपुर, पद्मरोड, विन्ध्यवासिनी, बहुअरी ड्राइपोर्ट चोकमा ढाँट राख्न इजाजत दिएको छ। तर ठेकेदारले सो सम्झौता विपरीत आईसिपी गेट अगाडी र हरपतगंज गाऊमा पनि ढाँट राखेर कबाडीकर सङ्कलन गरिरहेको छ। तोकिएका स्थानभन्दा बढी स्थानबाट कर उठाउँदा भारतीय चालकहरू पीडित भएका छन्।

महानगरले मेदान्ता कन्स्ट्रक्सनले कबाडी करलाई उठाउन दिएको हो।सो कन्स्ट्रक्सनले भारतीय सवारी साधनहरु सित नेपाली रुपैया लागने करको भारतीय रुपैया लिने गरेको चालकहरुले आरोप लगाएका छन्।
महानगरबाट चालू आवका लागि ऊन, खोटो, जडीबुटी, बनकसलगायत कबाडी मालको कर उठाउन रु छ करोड १९ लाख ८६ मा मेदान्ता कन्स्ट्रक्सन प्रालिले सकार गरेको थियो।
महानगरले कर असुल गर्न ठेकेदार पक्षसँग सशर्त २४ वटा वस्तुबाट महानगरका १३ स्थानमा ढाँट राखी कर उठाउन सम्झौता गरेको थियो। तर सम्झौताविपरीत ठेकेदारले सबै मालसामानबाट कबाडीकर असुल गरिरहेको व्यापारीहरूले आरोप लगाएका छन्। उनीहरूले महानगरसँग कबाडीकर सङ्कलनका लागि तोकिएका १३ वटा स्थानबाहेक पनि ठेकेदारले ढाँट राखेर कर असुल गरिरहेको बताए।
आइसिपी तथा ड्राइपोर्टबाट आउने–जाने सबै लोड/अनलोड गाडीहरूबाट ठेकेदारले कबाडीकर उठाइरहेको छ। ठेकेदारले अवैध तरीकाले रकम उठाइरहे पनि स्थानीय प्रहरी प्रशासन मौन छ। रातिको समयमा भारतीय नम्बरका गाडीहरूबाट नियमविपरीत कर असुल भइरहेको भारतीय सवारीचालकहरूले गुनासो गरेका छन्।
महानगरले ऊन, जडीबुटी, सीसा काँच, स्क्रेप, पुरानो फलाम, स्टील, टायर, ट्युब, पुरानो ड्रम, कागज, प्लास्टिक, भुस, चोकर, ब्रान्ड, पराल, कबाड सामान, छाला, जलेको मोबिल, पुरानो पित्तल र पुराना मेशिनरी औजार, काठदाउरा, इँटा, हाड, सिङ, प्वाँख, ढुटो, पिना, चुनी, दालको भाप, जिङ्क, उद्योगबाट उत्पादित सिमेन्ट आदिबाट कबाडी कर उठाउनुपर्नेमा ठेकेदारले तेस्रो मुलुकबाट आयातित सामानमा पनि कर लिने गरेको आरोप छ। ठेकेदारले अवैधरूपमा ढाँट राखेर बाउन्सरहरूमार्फत कबाडीकर उठाउन भारतीय चालकहरूलाई प्रताडितसमेत गर्ने गरेको गुनासो छ।
यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर