2025-06-24

Close

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४१ करोड ६० लाख ८७ हजार २४१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १३ औँ गाउँसभा एक विशेष समारोहबीच सम्पन्न भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दासको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दिपिनदेव यादवको प्रमुख आतिथ्यमा गाउँसभा सम्पन्न भएको हो ।

उक्त गाउँसभामा उपाध्यक्ष सहगलले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्दै आर्थिक अनुशासन कायम राख्दै जनताको आवश्यकता र मागअनुसार योजनाहरूलाई समेटिएको बताइन् । गाउँपालिकाको बजेटले यस वर्ष भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य सेवा विस्तार, कृषि प्रवर्द्धन, महिला तथा बालबालिका सशक्तिकरण, विपद् जोखिम न्यूनीकरण, वातावरणीय संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको छ ।

बजेट प्रस्तुत गर्दै सहगलले भनिन्, जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीबीचको सहकार्यमा यस वर्ष असोज महिनादेखि नै विकास निर्माणका कामहरू अघि बढाइनेछ । चालु खर्चभन्दा बढी पुँजीगत खर्चको सुनिश्चितता गरिनेछ ।

गाउँपालिकाले चालु वर्षमा बजेट समयमै पारित गर्नुका साथै योजनाको छनोट र लागत अनुमान प्रक्रियालाई पनि तीव्रता दिने प्रतिबद्धता जनाएको छ । वडास्तरमा आएका मागहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गरिँदै छनोट गरिने र पारदर्शिता कायम राखी बजेट कार्यान्वयन गरिने जानकारी पनि दिइएको छ ।

सभामा गाउँपालिका अध्यक्षले विगत वर्षका उपलब्धिहरू प्रस्तुत गर्दै आगामी वर्षमा अझ प्रभावकारी सेवा प्रवाह र समावेशी विकास कार्यान्वयनमा जोड दिने बताएका थिए । उनले भने, गाउँपालिकाको समग्र विकासका लागि सबै वडाको समन्वयमा योजना कार्यान्वयन गर्नुपर्छ । हामीले हरेक घर, समुदाय र नागरिकसम्म बजेटको प्रभाव पुर्‍याउने गरी कार्य गर्नेछौं ।

गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले यतिको दिन सिकाईमा गएको अनुभव भएको बताउँदै अब कागजमा नभई जनताको घरदैलोमा विकास हुने बताए । उनले यसपाली वडाध्यक्ष, कार्यपालिका सदस्यहरुले साथ दिए असोज महिनादेखि नै कार्य सँचालन हुने प्रतिवद्धता जनाए ।

गाउँपालिकाका प्रमुख योजनाहरूमा शुद्ध खानेपानीको पहुँच विस्तार, सामुदायिक विद्यालय सुधार, स्थानीय सडक मर्मत तथा निर्माण, कृषि यान्त्रीकरण, महिला उद्यमशीलता प्रवर्द्धन, युवा सीप विकास तालिम, विपद् पूर्वतयारीका कार्यक्रमहरू र स्वच्छता अभियानहरू रहेका छन् ।

त्यस्तै, बजेटमा संघीय तथा प्रदेश सरकारसँगको समन्वयमा सञ्चालित सहकार्य परियोजनाहरूलाई निरन्तरता दिइने उल्लेख गरिएको छ । विकास निर्माणमा गम्भीरता, गति र पारदर्शिता कायम गर्न योजना अनुगमन तथा मूल्यांकन संयन्त्रलाई अझ प्रभावकारी बनाउने निर्णय गरिएको छ ।

गाउँसभामा सबै वडाका अध्यक्षहरू, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीतामूलक प्रक्रिया अपनाउँदै आगामी वर्षलाई विकास र सेवा प्रवाहको आधार वर्ष बनाउने प्रतिवद्धता जनाइएको छ ।

गाउँसभाको क्रममा वडा नं. १ का वडाध्यक्ष सँतोष गोईत, वडा नं. २ का अब्दुल मालिक शेख, वडा नं. ३ का विष्णुदेव साह बानियाँ, वडा नं. ४ का दिलिप कुमार यादव, वडा नम्बर ५ का अशोक मण्डल र वडा नं. ६ का वडाध्यक्ष सूर्यदेव यादवसहित कार्यपालिका सदस्य, विभिन्न शाखाका कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

कर्मचारीहरुमा आईटिओ शाखाका ऋषिकेश यादव, जिन्सी शाखाका रामनरेश ठाकुर, कम्यूटर अपरेटर सँजय यादव, प्रशासन शाखाका लालबाबु पण्डित, प्राविधि शाखाका मुकेश मण्डल, अर्जुन मण्डल, राजेश साह, रेमी परियोजनाका सुनिल पासवान, समाजिक विकास शाखाका विकास ठाकुर, रोजगार शाखाका रँजय मरिता, सुरेन्द्र यादव, कृति चौधरी, स्वास्थ्य शाखाका रविभुषण मण्डल, कृषिका भरत चौधरी लगायतका कर्मचारीहरुले सक्रिय सहयोग गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर