जनकपुरधाम । प्रकृति एवम् नदि अधिकार संरक्षण अभियान स्थानीय अभियन्ताहरुको सम्मेलन कमला बचाउ अभियानको आयोजनामा एक कार्यक्रम बीच जनकपुरधामको शुभम होटलको सभाकक्षमा प्रकृति एवं अधिकार संरक्षण अभियान स्थानीय अभियंता सम्मेलन सोमवार संपन्न भएको छ ।
कार्यक्रममा ख्यातिप्राप्त पर्यावरणविद तथा जलसंरक्षण अभियानी डा. चिरंजीवी भट्टराईले कमला नदी सहित अन्य नदिको इतिहासको बारेमा जानकारी गराउदै बताए कि चूरे पर्वतको विनाशबाट नदिहरुको अस्तित्व माथि खतरा उत्पन्न भएको छ । नदीहरुमा उद्योग, कलकारखानाको विषादी पानी, गैर कानूनी रूपले उत्खन लगायतको कारणले नदीहरुमा संकट उत्पन्न भएको छ।
मधेस प्रदेश हुदै बग्ने मुख्य नदीहरु कमला,औरही,बछराजा,जमुनी,जलाद,बलुवा खोला,चारनाथ,घुर्मी,रातु,महेन्द्रनगर,दुधमती,बडहरी,वालगंगा लगायतका नदीहरु मधेस सहित भारतको बिहार राज्यको केहि जिल्लाहरुमा सिचाइको मुख्य साधन भएको बताए ।
अहिले कमला लगायतका नदिहरुमा पानीको जलस्तर घटन लागेको छ । नदिको जीवन बचाउनको लागि जनचेतनाको आवश्यकता भएको छ । कार्यक्रममा प्रकृति एवम् नदी अधिकार संरक्षण अभियान स्थानीय अभियन्ता हरुको उपस्थितिमा अन्तरक्रिया गरी ई.सितेश यादवको संयोजकत्वमा २१ सदस्यीय धनुषा जिल्ला स्तरीय संजाल गठन गर्यो । कमला बचाउ अभियानको अध्यक्ष बिक्रम यादव, सचिव विनोद महरा लगायतका स्थानीय अभियानीहरुको उपस्थिति रहेको थियोे ।