2023-06-03

Close
“निलो वर्दीमा राष्ट्रसेवक”

लेखक प्रहरी निरिक्षक रामकुष्ण देवकोटा

एउटा राष्ट्रसेवक निलो वर्दीमा
घाम, पानी, भोक, प्यास नभनी उभिन्छ ।।

जनताकाे सेवा गर्ने कसम खाएकाे उसले
मान्छेकाे भिंड नभनी उत्रिन्छ
प्रहरी जवान शान्ति,सुरक्षा प्रतिवद्वता संगै
निर्देशित भई खटीइरहन्छ हर बखत
राष्ट्र सेवक, निलाे वर्दीमा ।।

घर परिवार विर्सेर कार्य क्षेत्रमा
खटिदै हिंडछ राष्ट्रसेवक जवान
उभिन्छ अडीग भई मैदानमा
ओठमुख सुकेकाे प्रवाह नगरि ।।

धेरै अप्ठ्याराहरुमा खटीन्छ ऊ,
बाबा आमाकाे हातले निधार नछोएको कति भयाे
अर्धाङ्गीनीकाे यादहरुले मुटु दुखेको कति भयो
साना नानीहरुकाे मुस्कान देख्न नपाएकाे कति भयाे ।।

साथि संगीका मिठा यादहरुले सताइरहेको छ
गाऊं, खाेला, बुट्यान, बाटा, गाेठ र चाैताराहरु
न्यास्राे मानेर बाेलाइरहेका छन्,
र पनि जनताकाे जिउधनकाे सुरक्षा गर्न । ।

निर्भिक भई भुलभुलैयाबाट धेरै पर निस्केर
खटिरहन्छ एउटा राष्ट्रसेवक डिउटीमा
निरन्तर खटिरहन्छ राष्टसेवक ।।

अफशाेच,त्यही राष्ट्रसेवक माथि ढुङ्गा बर्साउंछ काेहि
ठूलाे भिंड बनेर जाई लाग्छन् उसैमाथि काेहि
फाल्छन् राँके जुलुसका राँकाहरु उसैमाथि
टुक्राउंन खाेज्छ उसका बलवान छातीहरु ।।

लड्छ तैपनी राष्ट्रसेवक जनधनकाे सुरक्षा गर्दै
बढ्छ राष्ट्रसेवामा हरवखत विचलीत नभई,
अपेक्षा फलकाे छैन निलाे पाेसाक धारी कत्ति पनि
राष्ट्रसेवा पहिलो कर्तव्य झुक्दैन ऊ कत्ति पनि ।।

ऊ विना एक्लाे छ सडक, एक्लाे छ नागरिक र सुरक्षित छैनन् मानव वस्तिहरु
सहयात्रीहरु अझै कर्तव्यमा लागिरहेछन्
ऊ भने अस्पतालकाे शैय्यामा स्लाइन लिदैंछ ।।

र भन्दैछ सत्य, सेवा, सुरक्षणम्
अनि थप्दैछ ऊ : म मरेपनि मेराे देश बांचीरहाेस् ।।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री यादव, सन्जिब कुमार मण्डल (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2023 अपन जनकपुर