अप्पन जनकपुर
जनकपुरधाम । ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक (ईन्सपेक्टर) रामकृष्ण देवकोटाले क्षेत्रमा निगरानी बढाएका छन् । निरीक्षक देवकोटाको कमाण्डको टोलीले आइतबार विहान १२० वटा अवैद्य कुखुरा पक्राउ गरेको हो ।
भारतबाट अवैद्य रुपमा चोरी निकासी गरी ल्याउँदै गरेको १२० वटा कुखुरा पक्राउ गरेका हुन् । सरकारले भारतबाट अवैद्य रुपमा कुखुरा नेपाल ल्याउन प्रतिबन्ध गरेको अवस्थामा व्यापारीहरुले चोरी निकासी गरी भारी मात्रामा कुखुरा ल्याउन लागेको खबर पाएसँगै निरीक्षक रामकृष्ण देवकोटाको कमाण्डमा खटेको टोलीले १२० वटा कुखुरा पक्राउ गरेको हो ।
शहिदनगर नगरपालिका वडा नं. १ र सबैला नगरपालिका वडा नं. ४ पटेर्वा क्षेत्रबाट बिहानै दुई वटा मोटरसाईकलसहित १२० वटा कुखुरा पक्राउ परेको छ । निरीक्षक देवकोटाका अनुसार, १ लाख ७२ हजार मूल्य बराबरको समान पक्राउ गरिएको हो ।
भेटेनरीको क्वारेन्टाइनबाट समेत भारतबाट पंक्षीजन्य जीव आयातमा प्रतिबन्ध लगाउने निर्णय गरिएको अवस्था रहेको छ । कुखुरामा देखिने विभिन्न खाले रोगलाई मध्यनजर गर्दै भारतबाट कुखुरा आयातमा प्रतिबन्ध लगाएको हो ।
This will close in 20 seconds