2024-05-03

Close

धनुषामा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमतमा प्रवेश

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गर्दै सयौंको संख्यामा नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न ।

मंगलबार जनमत पार्टी धनुषाले महेन्द्रनगरमा आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका पाँच सय भन्दा बढि नेताकार्यकर्ताहरुले जनमतमा प्रवेश गरेका हुन ।

पार्टी प्रवेश गर्नेमा नेपाल समाजवादी पार्टी (नेसपा) का धनुषा जिल्ला अध्यक्ष पवन मण्डलको नेतृत्वमा नेसपाका जिल्ला कार्यसमिति, केन्द्रिय सदस्य, प्रदेश सदस्यसहित एक सय भन्दाबढी जनमत पार्टीमा प्रवेश गरेका छ्न ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का धनुषा क्षेत्र नं.४ का क्षेत्रीय अध्यक्ष जितनारायण साहको नेतृत्वमा लोसपाका क्षिरेश्वरनाथ नगरपालिकाको कार्यसमितिका सदस्यहरु, बटेश्वर गाउँपालिकाको कार्यसमितिका पदाधिकारीहरु, मिथिला नगरपालिका कार्यसमितका पदाधिकारीहरुसहित एक सय ५० जना भन्दा बढी लोसपा परित्याग गरि जनमत प्रवेश गरेका हुन ।

त्यस्तै, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का नेता दिपनारायण यादवको नेतृत्वमा राप्रपाका धनुषा क्षेत्र नं.४ का एक सय भन्दा बढी नेता कार्यकर्ताहरुले जनमत पार्टी प्रवेश गरेको हो ।

त्यसैगरि, नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल (जसपा), माओवादी केन्द्रियका नेताकार्यकर्ताहरुसहित पाँच सय भन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी धनुषा इन्चार्ज सुरेन्द्र मण्डलले बताए ।

नवप्रवेश नेताकार्यकर्ताहरुलाई कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत र विशिष्ट अतिथी जनमत पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले फुलमला र अविरको टीका लगाएर पार्टीमा स्वागत गरेको हो । साथै, पार्टी प्रवेश गरेका नेताकार्यकर्ताहरुलाई अध्यक्ष डा.राउतले पार्टीको सदस्यतासमेत प्रदान गरिएको छ ।

सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव तथा पूर्व कृषि राज्यमन्त्री प्रदेश सांसद संजय यादव, राष्ट्रिय सचीव बीपी साह, केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डल, अंजली मण्डल, प्रदेश सांसद अनिता कुमारी साहसहित पार्टीका केन्द्रिय सदस्य, राजनीतिक समिती सदस्य, प्रदेश सदस्यसहित जिल्लाका नेताकार्यकर्ताहरुको उपस्थितमा वृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला इन्चार्ज सुरेन्द्र मण्डलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जनमत पार्टीका नेता इन्दजित यादवले गरेका थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds