धनुषाका डिएसपी गौतमको सरुवा

जनकपुरधाम । धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत्त डिएसपी वेदप्रसाद गौतमलाई सुनसरी स्थित नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी काज सरुवा गरेको हो ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय धनुषाले फेरि भेटौला कार्यक्रम आयोजन गरी डिएसपी गौतमको बिदाई कार्यक्रम गरेको हो । धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कासहितउनले डिएसपी गौतमलाई तथा अविर लगाई बिदाई गरेका हुन् ।