जनकपुरधाम । सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हेडक्वाटर, धनुषा र त्यस अन्तर्गतका कार्यालयहरुबाट सिमा नाकामा खटिएका विभिन्न गस्ती तथा चेकप्वाईन्ट टोलीले अवैध चोरी निकासी पैठारी नियन्त्रण कार्यमा हालका दिनहरुमा अझ प्रभावकारी रुपमा रातदिन खटिई खरो रुपमा उत्रिएको पाईएको छ । यस जेष्ठ महिनाको १ गते देखि ३ गते सम्ममा तीन दिन भित्र २७ लाख ८७ हजार १ सय ९५ मुल्य बराबरको अवैध चोरी निकासी पैठारीका मालसामान बरामद गरी भन्सार दाखिला गरि सकेको छ ।
अवैध चोरी निकासी पैठारी नियन्त्रण तथा सिमा क्षेत्रको शान्ति सुरक्षा र सीमावर्ती अपराधिक गतिविधिलाई प्रभावकारी ढंगबाट नियन्त्रण गरी परिणामुखी कार्य गर्नका लागि हालका दिनहरुमा नेपाल-भारत सिमा ईलाकाका प्रत्येक नाकाहरुको चेकजाँच र भन्सार छलिका अवैध मालसामानको बरामद कार्यमा धनुषाको सशस्त्र प्रहरी अझ कडा रुपमा फिल्डमा उत्रिएको देखिएको छ ।