अप्पन जनकपुर
विपिन कुमार यादव,जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारहरु मतदातासंगको घरदैलोमा व्यस्त देखिएका छन् । दिनहु चुनावी घरदैलो गर्दै आएका एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार उमाशंकर अरगरिया र प्रदेशसभा सदस्य उम्मेदवार लखन दास तत्माले विहानैदेखि मतदाताको घरदैलोमा पुगेर आफनो पक्षमा मत माग्ने गरेका छन् ।
शनिबार बिहान विदेह नगरपालिका वडा नम्बर ६ र ७ को गिधा,लवटोली,बेलापट्टि र जोगियारा गाँउमा पुगेका अरगरिया र दासलाई स्थानीयले अबीरको टिका र माला लगाउदै जितको आशीर्वाद नै दिएका छन् । विदेह वडा नं.६ र ७ मा शनिबार चुनावी घरदैलोका क्रममा खासगरी गृहिणी महिलाहरुले स्वस्फूर्त रूपमा घरघरबाट निस्किएर दुबै उम्मेदवारलाई अबीरको टिका र फुलको माला लगाउदै जितको आशिर्वाद दिएको एमालेका युवा नेता प्रमोद कुमार मण्डलले बताए ।
गृहिणी महिला वृद्धवृद्धा र युवाहरुले दर्शाएको आत्मीयता र समर्थनले आफूहरु निकै उत्साहित बनेको प्रतिनिधि सभा सदस्य उम्मेदवार उमाशंकर अरगरियाले संचार कर्मी लाई प्रतिक्रिया दिए । मतदाताको माझबाटै उनले भने `आज जनताले गरिरहेको यो समर्थन विगतमा मैले यस क्षेत्रमा कामको मूल्यांकन नै हो, अबका दिन अझ जनतामा समर्पित भएर काम गर्ने अठोट लिएको छु जनताको भरोसा कदापि टुट्न दिन्न ।
यस्तै प्रदेशसभा सदस्य उम्मेदवार लखन दास तत्माले पनि जनताबाट पाइहेको स्वागत र समर्थनले जिम्मेवारी झन बढेको महसुस गरिरहेको प्रतिक्रिया दिए । उनले भने जनता अब धेरै सचेत भइसकेका छन् जनताको अबको रोजाइ भाषण गर्ने होइन काम गर्ने नेता नै हुन्छन् ।