2024-05-02

Close

जनकपुरधाम । धनुषा र सिरहा जोड्ने कमला पूल भाँसिदा सिरहा नगरपालिका वडा नं. ६ बसबिट्टाको केही स्थानीयले यसलाई कमाउ धन्दाको रुपमा बनाए ।

भाँसिएको कमला पुलमा बाँसको अस्थायी पुल बनाएर महिनौँसम्म लाखौँ रुपैयाँ कमाए । सार्वजनिक पूलमा बाँस जोडेर नीजी बनाउँदै प्रति व्यक्ति ५० रुपैयाँदेखि १०० रुपैयाँसम्म असुलेका बसबिट्टाका राम सेवक दास र अशोक मुखियालाई मोटो रुपैयाँ कमाउने लालचमा यतिसम्म गिरे की अहिले मृत्यूको धन्दा सुरु गरिरहेका छन् ।

केही महिना अगाडी सिरहा नगरपालिकाले आफ्नो लगानीमा भत्केकै कमला पूलमा सर्वसाधारणहरुलाई आवतजावतको लागि निःशुल्क पूल निर्माण गरे । हुनतः अस्थायी पूल नै जीवनसँग जोखिम मोलेर पार गर्नुपर्ने बाध्यता भएको अवस्थामा कमसेकम आवतजावतको लागि रकम नतिर्नुपर्ने जति बनाएर सहयोग गरे ।

सिरहा नगरपालिकाले निःशुल्क आवतजावतको लागि बनाईदिएको अस्थायी पूलमा पनि बसबिट्टा निवासी राम सेवक दास र अशोक मुखियासहित सोही गाउँका केही गजेडीहरुले तानाशाह रुपमा बल जबरदस्ती रकम असुल्न छाडेनन् । अशोक मुखिया अस्थायी पूलका मुख्य मुखिया हुन् ।

सिरहा नगरपालिकाले एक रुपैयाँ पनि तिर्नु नपर्ने भनेर बनाईदिएको निःशुल्क पूलमा जानकारी अभाव भएका व्यक्तिहरुसँग आवतजावतको लागि २० देखि ५० रुपैयाँसम्म असुल्यो । सो अनुसार उनीहरुले दैनिक १५ देखि २० हजार रुपैयाँसम्म असुले ।

लालचको भोक नमेटिएपछि बसबिट्टा बस्ने राम सेवक दास र अशोक मुखियासहित उनका आसेपासे युवकहरुले नगरपालिकाले बनाइदिएको निःशुल्क पुललाई रातारात भत्काईदिए । नगरपालिकाको पूल भत्काएर बाध्यात्मक स्थिति सृजना गरी कमला पूलभन्दा दक्षिण अशोक मुखिया र रामसेवक दासले दुईटा पूल बनाए ।

रुपैयाँको लोभ लालचले मातिएका दुवै जनाले एउटै पूलबाट आवतजावत गर्न सक्ने भएपनि दुवै जनालई दुईटा पूल बनाए । एउटाबाट आउने र अर्कोबाट जाने गरी दुई पूल निर्माण गरी अहिले ५० रुपैयाँदेखि १०० रुपैयाँसम्म लिने गरेका छन् । नगरपालिकाको पूल भत्काएर आफ्नो पूलबाट आवतजावत गरोस् भन्ने उदेश्यले उनीहरु ज्यानको सौदा गर्नबाट पनि पछि हटेनन् । उनीहरुले नै उजाडेको अस्थायी पूलबाट खसेर मँगलबार एक युवक गम्भिर घाईते बने । उनको उपचार विराटनगरमा भईरहेको छ । 

सार्वजनिक ठाउँमा पूल बनाएर अहिलेसम्म उनीहरुले करोडभन्दा अधिक रुपैयाँ आर्जन गरेपनि उनीहरुको लोभ र लालचको कारण ज्यान अझै जोखिममा परेको छ । उनीहरुले पटक पटक निःशुल्क पूललाई रातराती भत्काएर सोही पूलको वस्तुले आफ्नो नीजि पूल निर्माण गरी आवतजावत गर्ने सर्वसाधारणलाई ५० रुपैयाँदेखि १०० रुपैयाँसम्म असुल्ने गरेका छन् ।

उनीहरुले कमलामै अस्थायी टहरा बनाएर रातभरि बस्ने गरेका छन् । ईमरजेन्सीको बेला समेत उनीहरुले रातीमा रकम नदिए जान नदिने बाध्यात्मक स्थिति सृजना गरी गरिब, निमुखालाई हुलहुज्जत समेत गरी जान दिने गरेका छन् । साथमा पैसा नभएको बटुवालाई जान नदिने, जान दिएपनि हुलहुज्जत गर्ने कार्य राम सेवक दास र मोहन दासले गरिरहेका छन् ।

यसप्रति सिरहा नगर प्रहरीले खासै ध्यान दिएका छैनन् । केही महिना अगाडी सिरहा नगरपालिकाका मेयर डा. नविन कुमार यादवले स्टन्टबाजी गरेपनि नियमित निगरानी नगर्दा यस्तो स्थिति सिर्जना भएको बताईन्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds