2024-05-07

Close

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका- ५ का दीपनारायण मण्डल मृत्यु प्रकरणमा ईलाका प्रहरी कार्यालय सुगानिकासका इन्चार्ज सई बाल कन्हैया ठाकुर जिल्ला तानिएका छन् ।

उनलाई कारबाही स्वरुप जिल्ला तानिएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले जानकारी दिए ।

छिमेकसँगको समान्य विवादमा बिहीबार साँझ पक्राउ गरी लगेर कुटपिट गर्दा उनको मृत्यु भएको भन्दै स्थानीयबासिन्दाले शुक्रबार बिहान ईलाका प्रहरी कार्यालयमा ढुंगमुढा र तोडफोड गरेका थिए ।

त्यस क्रममा प्रहरीले गरेको हवाई फायरको गोली दायाँ हातमा लागेर स्थानीय शिवशंकर मण्डल घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

गाउँलेले आक्रमण गरेपछि आत्मरक्षाको लागि हवाइ फायर गर्दा राइफलको गोली लागेर स्थानीय घाइते भएको एसपी शर्माको भनाइ छ । ढुंगामुढाबाट कार्यालयमा पूर्णरुपमा क्षति पुगेको उनले बताए ।

बिहीबार राति पैसा चोरी भएको विषयमा छिमेकी शंकर ठाकुरसँग दीपनारायणको विवाद भएको थियो । स्थानीयका अनुसार त्यस क्रममा शंकरले दीपनारायणलाई कुटपिट गरेर सर्ई ठाकुरलाई बोलाएर पक्राउ गर्न लगाएका थिए । ईलाका प्रहरीमा लगेर प्रहरीले कुटपिट गरेको र घर फर्केपछि अचानक बेहोस भई उपचारको लागि प्रादेशिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीयको दाबी छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds