2024-03-19

Close

जनकपुरधाम । जनकपुरधामका दुई युवकको अपहरणपश्चात भारतमा हत्या गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको अपहरणपश्चात हत्या भएको हो । साहद्वयको शव भारत विहार राज्यको सिमातढी जिल्लामा पर्ने बेला परिहारमा फेला परेको धनुषाका एसपी विश्वराज खड्काले बताए ।

उनका अनुसार १३ दिन अगाडि दुवैजना नातेदारको घर (बेला परिहार) गएका थिए । त्यहीँबाट अपहरणमा परे । अपहरणकारीले घरमा फोन गरेर फिरौती मागेपछि मात्र घटना बाहिरिएको एसपी खड्काले जानकारी दिए ।

अपहरणकारीले रोहित र विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई फोनमा सुनाएका थिए । आवाज सुनाउँदै ५० लाख रूपैयाँ फिरौती माग गरेको र २० लाखमा ‘डिल’ समेत भइसकेको थियो ।

विष्णुका बाजे रामकिशोर साहका अनुसार अपहरणकारीले २० लाख रूपैयाँ लिएर सर्लाहीको मलंगवा आउन भनेका थिए ।

‘पछि सम्पर्कमै आउन छाडे । मंगलबारबाट उनको फोन नै अफ छ । आज शव फला परेको जानकारी पाएँ’, रामकिशोरले भने ।

अपहरणमा परेको विषयमा उनीहरूको परिवारले धनुषा प्रहरीमा पनि जानकारी गराएको थियो । तर, धनुषाका एसपी खड्का भन्छन्, ‘ढिलो जानकारी पायौं । यद्यपि हामीले भारतीय प्रहरीसँग सहकार्य गरी उद्धारको प्रयास गरे पनि सफलता मिल्न सकेन ।’

यो घटनामा नेपाल र भारत दुवैतिरका मानिसको संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । अहिलेसम्म ५ जना पक्राउ परिसकेको एसपी खड्काले बताए । उनका अनुसार धनुषामा २ जना र भारतमा ३ जना पक्राउ परेका छन् ।

धनुषा प्रहरीले जनकपुरधाम-८ का कृष्ण पण्डितलाई पक्राउ गरेको स्रोतले जनायो । अन्य एकजनाको नाम खुल्न सकेको छैन । घटनामा अन्य ४ जनाको संलग्नता रहेको र उनीहरूको पनि खोजी भइरहेको जनाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds