2024-04-29

Close

जनकपुरधाम । पर्यटकीय विकासको प्रचुर सम्भावना बोकेको ऐतिहासिक तथा प्राचीन धनुषाधामलाई पर्यटक केन्द्रको रुपमा विकास गरिने मधेश प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले बताएकी छिन् ।

आज धनुषाधाम संरक्षित वन र बनभित्रै रहेको ऐतिहासिक लोहरा (वानगंगा) नदीको सरसफाई कार्यक्रममा सहभागि उनले यस्तो बताईन् । मन्त्री यादवले यसै आर्थिक वर्षको योजना तथा कार्यक्रममा रहेको पर्यटन गुरुयोजनामा धनुषाधामलाई समावेश गरी धनुषाधामलाई पर्यटकीय स्थलको रुपमा अगाडी बढाईने बताईन् ।

रामायणकालीन शिव धनुषको टुक्रा, लोहरा(वाणा) नदी, सीताराम कुटी, पञ्चमुखी हनुमान मन्दिर, रामधुन मन्रि, रमणीय वन जंगल लगायतका दर्जनौं ऐतिहासिक तथा पुरातात्विक महत्वको धरोहर भएको यहाँ आन्तरीक तथा बाह्य पर्यटक तान्न विभिन्न किसिमका योजना तथा कार्यक्रमहरु ल्याउने उनले बताईन् । उनले धनुषाधाम आफ्नो निर्वाचन क्षेत्रमा पनि पर्ने भएकोले यस ठाउँलाई प्राथमिकतामा राख्नुपर्ने दायित्व भएको बताईन् ।

उनले जनकपुरधाम आउने पर्यटकलाई धनुषाधाम धुम्न पुग्नै पर्ने हिसाबले विकास गरिने प्रतिबद्धता जनाईन् । मन्त्री यादवले यहाँ आएका पर्यटकलाई एक दिन होल्ड गर्न सके धनुषाधामको आर्थिक दृष्टिकोणले पनि समृद्ध हुने बताईन् ।

१ सय ३४ सातादेखि निरन्तर रुपमा भईरहेको सरसफाई अभियानमा शनिबार उनी सहभागि भएको थियो । सरसफाई अभियानीहरुलाई प्रोत्साहन गर्न आफु यस अभियानमा सरिक भएको उनले बताईन् ।

धनुष मन्दिरको दर्शन भारतको रामेश्वरमको दर्शन गरे जति फल प्राप्त हुने जनविश्वास छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds