2024-05-26

Close

विनय आजाद–                                                      म पछिल्लो तीन दिनदेखि भाइको उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पतालमा छु । संयोग खराब भएर भनौं, मोटरसाइकल निकै कम गतिमा भएपनि बाटोमा मोडमा ब्रेक नलाग्दा अलमलिएर लड्दा लेगार्डले दाहिने खुट्टा च्यापिएर हड्डी फ्र्याक्चर हुन गयो ।

शल्यक्रिया गरेर केही समयका लागि खुट्टामा स्टिल राख्नपर्‍यो । भाइको स्वास्थावस्था सुधारोन्मुख छ । अरू कतै चोटपटक नलागेकाले एक सातासम्ममा उनी डिस्चार्ज हुनसक्ने अनुमान छ । मेरा भाइ मात्र होइन, अर्थो वार्डमा दुर्घटनाका बिरामी भरिभराउ छन् ।

मेरो अनुमान गलत छैन भने यो वार्डसहित अस्पताल भरिका कुल बिरामीको एक तिहाई मधेश प्रदेशका छन् । कोही जटिल रोगका बिरामी छन् भने अधिकांश सामान्य रोगी । त्यसमध्ये पनि अधिकांश दुर्घटनामा परेका । बिराटनगरका अन्य अस्पतालमामा पनि यस्तै छ ।

छट्पटाइरहेका गम्भीर अवस्थाका बिरामीलाई एम्बुलेन्समा राखेर यति लामो दूरी तय गरी कोही पनि यता रहरले आउँदैनन् । आर्थिक अवस्था ठिकठाकै भएका सर्वसाधारणहरू आफ्नै ठाउँमा गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा नहुँदा बाध्य भएर यहाँसम्म आउने गर्छन् ।

आर्थिक रूपले निकै विपन्नहरू त बाहिरका ठूला अस्पतालमा उपचार गराउने कुरा सोच्न पनि सक्दैनन् । जस्तोसुकै समस्या भएपनि स्थानीयस्तरमै सामर्थ्यले पुग्ने उपचार गराउने वा मर्नेबाहेक अर्को विकल्प भूइँका मान्छेसँग छैन । किनकि, ठूला अस्पतालहरूमा हरेक एक स्वासको पनि पैसा तिर्नुपर्छ ।

देश र जनताको अवस्था बदल्नका निम्ति यत्रा आन्दोलन, संघर्ष र क्रान्तिहरू भए । व्यवस्था परिवर्तन भए । व्यवस्था र अवस्था दुबै परिवर्तन गर्छु भन्नेहरूको अवस्था पनि परिवर्तन भयो । कुनैबेला सिटामोल किन्ने हैसियत नभएकाहरू आज विदेशका चिल्ला अस्पतालमा उपचार गराउन सक्ने भइसके ।

कुनैबेला चप्पल किन्ने नसक्ने उनीहरू अहिले लाखौंका जुत्ता लगाउँदैछन् । दिनदिनै अनेक-अनेक सम्पत्ति जोडिरहेका छन् ।समग्रमा भन्दा उनीहरू आर्थिक रूपले यति सम्पन्न भइसके कि त्यो अनुमान लगाउन पनि मुस्किल छ । उनीहरू मात्रै कहाँ, आफन्त र आसेपासेहरू पनि तरिसके ।

तर, आज जनताको अवस्था, देशको अवस्था के छ ? यो बुझ्नका लागि माथिका उदाहरण पर्याप्त छन् । देशमा तीन तहका सरकार छन् । ती सरकारहरूले चाहिदिने हो भने जनताका यस्ता-यस्ता आधारभूत आवश्यकताका कुराहरू भोलिबाटै पूरा हुन थाल्नेछन् ।

तर, तिनीहरू चाहँदैनन् । किनकि, तिनीहरू निर्दयी छन्, दरिद्र छन्, स्वार्थी, असक्षम अनि भ्रष्ट छन् । श्रीलंकामा यस्तै प्रवृत्तिले सीमा नाघेपछि त्यहाँका जनताले गत वर्ष राष्ट्रप्रमुखसहित केन्द्रका तमाम जनप्रतिनिधिलाई लखेटेर उनीहरूको सरकारी निवास नै कब्जामा लिएका थिए ।

नेपालमा पनि जनताको ढाड सेकेर, अनेक सास्ती र दु:ख दिएर देशलाई हरिकंगाल बनाइरहेका केन्द्रका, सातवटा प्रदेशका र सात सय ५३ वटा पालिकाका सरकार हाँकिरहेकाहरूले यस्तै घटनालाई निम्त्याइरहेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds