अप्पन जनकपुर
जनकपुरधाम । बाराको करैयामाई ७ उमजनमा जारी दोस्रो करैयामाई गोल्डकप २०८२ अन्तर्गत सोमबार भएको खेलमा ए.पि.एफ. बर्दिबास विजयी भएको छ ।
उसले शिव शक्ति युवा क्लब रौतहटलाई शून्यको बिरुद्ध चार गोलले पराजित गरेको छ। खेलको पहिलो हाफको १५ मिनेट जादा ए.पि.एफ. बर्दिबासका जर्सी नं. १० का दिलकुमार बिकले पहिलो गोल गरे ।
खेलको ३१ मिनेट जादा जर्सी नं. १८ का बिके तामाङले दोस्रो गोल गरे । बर्दिबासकै जर्सी नं. २४ का अरविन्द चौधरी खेलको दोस्रो हाफको २७ औ मिनेटमा तेस्रो गोल गरे । बर्दिबासकै जर्सी नं. १८ का बिके तामाङले खेलको दोस्रो हाफको ३० औ मिनेटमा चौथो गोल गरि ० को विरुद्ध ४ गोलले आफ्नो टिमलाई बिजयी गराएका हुन् ।
खेलको मैन अफ द म्याच ए.पि.एफ. का बिके तामाङ घोषित भए । उनलाई श्री जनता मावि उमजनका प्रअ रामनाथ चौधरीले पुरस्कार प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत मंगलबार एन जे जे वाइ सि सिमरा र सन राइजिङ युवा क्लब उमजनको बिरुद्ध खेल हुने आयोजक क्लबका सचिव गोपालप्रसाद चौधरीले जानकारी दिए ।
प्रतियोगिताको बिजेता टिमले नगद रु. ६० हजार र उपविजेता टिमले रु. ३० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गोल्डकपको मुख्य प्रायोजक करैयामाई गाउँपालिका रहेको छ ।