2024-05-08

Close

जनकपुरधाम । निर्माण व्यावसायी बलराम महतो जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

रमण कन्सट्रक्सनका संचालक रहेका महतो आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी स्वतन्त्र रुपमा मेयरको उम्मेदवारी घोषणा गरेका हुन् । राजनीतिक दलबाट चुनाव जितेका प्रतिनिधिहरूले स्थानीय तहलाई विकासका लागि भन्दा पनि राजनीतिक अखाडाका रूपमा प्रयोग गरेको भन्दै आफू स्वतन्त्र उम्मेदवारी दिने बताए ।

उनले भने, ‘राजनीति सेवा हो । तर पार्टीबाट जितेकाहरु सेवा भन्दा पनि पेसाका रूपमा उपयोग गरे । मैले पार्टीका नेता होइन, स्थानीय विकासमा समर्पित जनसेवकलाई चुनौं भन्ने नाराका साथ उम्मेदवारी घोषणा गर्दछु ।’

उनले जनकपुरधाम क्षेत्रलाई विकसित गरी सहरको ऐतिहासिक छवि कायम राख्दै नमुना सहरका रूपमा स्थापित गर्ने आफ्नो उद्देश्य रहेको बताएका छन् ।

भरतपुर सिँचाइ आयोजनामा करिब १७ वर्ष काम गरेका महतो २०४७ सालमा रमण कन्सट्रक्सन स्थापना गरेका हुन् ।

उनको कन्सट्रक्सनले पछिल्लो समय जयनगर- जनकपुर रेल्वे लाइनको निर्माण, जनकपुर नगर परिसरको ढल तथा बर्खाका पानीको व्यवस्थापन, सडक स्तरोन्नति, कमला नदी नियन्त्रण तटबन्धको निर्माण र जमुनी कटाह सिंचाइ आयोजना निर्माण लगायतका काम गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds