जनकपुरधाम । धनुषामा गर्मीले बेहोस भएकी एक वृद्ध महिलालाई धनुषा प्रहरीले उद्धार गरेको छ ।
धनुषाको महेन्द्रनगरबाट हरिहरपुर जाने बाटोमा एउटा महिला अचेत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरिएको थियो । अत्यधिक गर्मीको कारण रिँगटा लागेर बेहोस भएको प्रहरीले जनाएको छ ।
बाटोमा महिला बेहोस परेको खवर पाए लगत्तै पुगेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले उनलाई उद्धार गरी घर पठाएको हो । मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुरस्थित औरही खोला दुर्गा टोलको बाटोमा वृद्ध बेहोस भएकी थिईन् ।
प्रहरीको टोलीले पानी खुवाएर उनलाई समान्य बनाएपछि भ्यानमै राखेर घर पुरयाइदिएको हो । विगत केही दिनदेखि जनकपुर आसपासको क्षेत्रमा प्रचण्ड गर्मी भएको छ ।