2024-04-24

Close

एजेन्सी – भारतको हैदराबादमा २७ वर्षीया पशुचिकित्सकलाई करणी गर्ने अपराधीहरुको इ’न्का’उन्टर गरिएको प्रति स्थानीय जनताले खुसी व्यक्त गरेका छन्।
इन्काउन्टर गरिएको ठाउँमा स्थानीयहरुको भिड लागेको र उनीहरुले प्रहरीको समर्थनमा नारावाजी समेत गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
भारतीय संचार माध्यमहरुका अनुसार स्थानीयहरुले प्रहरीहरुलाई काँधमा बोकेर जय-जयकार समेत गरेका थिए। स्थानीय महिलाहरुले घटना स्थलमै पुगेर प्रहरी अधिकारीहरुलाई राखी बाँधेर स्वागत पनि गरेका थिए।
स्थानीयहरुले प्रहरीहरुलाई मिठाई खुवाउनुको साथसाथै फूल-माला लगाएर स्वागत समेत गरेको बताइएको छ। स्थानीय मानिसहरूका साथसाथै भारतका धेरै स्थानहरुमा मुठभेड प्रति खुसी व्यक्त गरिएको भारतीय संचार माध्यमहरु बताउँछन्।
यता हैदराबादको बाहिरी इलाका शमशाबादमा बस्ने पिडित महिलाका परिवारजनले पनि राहत महशुस गरेका छन्। भारतीय संचार माध्यमहरमा पिडित महिलाका पिताले अन्तर्वार्ता दिँदै राहत महशुस गरेका बताए।
“यसले मेरी छोरीलाई शान्ति मिल्नेछ।”,उनले भने,”यस्तो मुश्किल घडीमा हाम्रो पक्षमा उभिने तेलंगाना सरकारी पुलिस र सबैजनालाई धेरै-धेरै धन्यवाद।”
अपराधीहरु माथि गरिएको कारवाहीले आफ्नो छोरी फिर्ता नआउने भएता पनि प्रहरीको कदमले समाजमा अपराधीहरुलाई कडा सन्देश जाने उनको भनाई छ।
“अपराधीहरुको इ’न्काउ’न्टरले मेरो छोरी फिर्ता मिल्ने त होइन। तर, यसले समाजमा एक सन्देश पक्कै जान्छ।”,उनले भने,”प्रहरीको कदमले अपराधीहरु समक्ष पक्कै कडा सन्देश गयो।”
प्रहरीको कदमले एक प्रकारको डर पैदा उनको उनको बुझाई छ। “मेरो छोरीसँग जे भयो, अब कसैलाई त्यस्तो गर्न दोहोर्याउने आँट गर्नेछैनन्।”,उनले भने।
नोभेम्बर २७को दिन स्कूटरको टायर पंक्चर भएपछि हैदराबादको टोल प्लासा नजिकै मद्दत पर्खाइमा रहेकी २७ वर्षे पशुचिकित्सकलाई चारजना मिलेर नियन्त्रणमा लिएका थिए।
जसको भोलिपल्ट उनको शव अन्डरब्रिज मुनि जलेको अवस्थामा फेला परेको थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds