2024-05-23

Close

वीरगन्ज २२ मंगलबार

जिल्ला प्रहरी कार्यालय बैतडीले भन्सार छलिका अवैध सामानहरु सहित एकजनालाई पक्राउ गरेको छ।भन्सार छलिको सामनाहरु सहित बझाङका पुष्कर बहादुर बोहरालाई नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय बैतडीका मातहत रहेका खोचलेक प्रहरीचौकी बाट खटिएको प्रहरीले सोमबार राति सतबाँझ–गोकुलेश्वर सडकखण्ड अन्तर्गत चेकजाँच गर्ने क्रममा से १ ज ७१८ नम्बर जिप रोकी चेकजाँच गर्दा भन्सार छलिको सामानहरु सहित गाडीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।प्रहरीले चप्पल, बिँडी लगायतका २ लाख ५७ हजार ४ सय रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामग्री र ती सामग्री ओसारपोसारमा प्रयोग गरिएको  जिपसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । भन्सार छलीका सामग्री, जिप र जिप चालक बोहरालाई  आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds