2024-05-07

Close

रौतहट । रौतहटमा गर्भपतन गर्न नमान्दा एक महिलालाई कुटपिट गरि घरबाट निकाला गरेको घटना बाहिरिएको छ ।

प्रेम बिबाह गरेकी स्थानीय परोहा नगरपालिका ७ नरकटिया टोलकी ३० वर्षीय महिलालाइ पति, सासु, ससुरा, जेठान, देवर र नन्दले माइतीबाट सुसरालमा जादा कुटपिट गरि घरमा प्रवेश गर्नबाट निषेध गर्दा पिडितले उजुरी दिए पछि घटना बाहिरिएको हो ।

२०७७ सालमा स्थानीय आलोक पटेल संग प्रेम बिबाह गरेर घर भन्दा बाहिर बस्दै आएकी ३० वर्षीय किरण देवीले तेस्रो पटक गर्भबती भएपछी लोग्नेले गर्भ पतन गरे मात्र बिबाह दर्ता प्रमाण पत्र, नेपाली नागरिकता प्रमाण पत्र बनाई दिने भनेको र घरमा जादा कुटपिट गरेको पिडित महिलाले सुनाए ।

सन्चारकर्मी संग कुरा गर्दै पिडितले दुइ पटक गर्भ पतन गरिएको र तेस्रो पटक २ महिना गर्भ रहेको जानकारी गराउदै कानुनी रुपमा पत्नी बनाउन गर्भपतन गर्नु पर्ने अडान लोग्नेको रहेको बताईन ।

गएको शुक्रवार घरमा जादा लोग्ने आलोक पटेल, ससुरा हरिन्दर पटेल, सासु कौशल्या देवी, जेठान राजु पटेल, सन्तोष पटेल, देवर छोटेलाल पटेल, नन्द पिंकी पटेल र रागनी कुमारी पटेलले सामुहिक रुपमा कुटपिट गरेको भिडियो आफु संग रहेको समेत दावी गरेकी छिन ।

प्रेम बिबाह गरेका लोग्ने आलोक पटेलले म संग पटक पटक गरि १५ लाख रुपैया बैग उद्योग, घर निर्माण र झगडा मिलापत्रको लागि लिएको दावी गरिन् । उनले अरु संग ऋण लिएर सो रकम दिएको छु, थप रकम माग गर्दा दिन नसक्ने तथा लिएको ऋण तिर्नु पर्ने भन्दा लोग्नेले छोडेर अर्को बिहे गर्न लागेको उल्लेख गरिन् ।

पिडित महिलाले आफु प्रति अन्याय गर्नेलाइ कानुनी कार्यवाही हुनु पर्ने माग समेत गरेको छ । पीडक माथि कार्यवाही गर्नको लागि जिल्ला प्रहरी कार्यालय रौतहटको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिइएको पिडितले बताएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds