2024-04-29

Close

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्रिपरिषद्को पुनर्गठन गरेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्।

आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेले ८ वटा मन्त्रालय पाएको छ। एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रघुवीर महासेठ, कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रहेका छन्।

माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ६ मन्त्रालय पाएको छ। नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ, अर्थ मन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हितबहादुर तामाङ रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयसहित ४ वटा मन्त्रालयको जिम्मेवारी पाएको छ। पार्टी बैठकको निर्णय अनुसार गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सुमना श्रेष्ठलाई पठाइएको रास्वपाका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए। गृहमा पुन: लामिछाने दोहोरिने अडान लिएका थिए।

एकीकृत समाजवादीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भानुभक्त जोशी र शहरी विकास मन्त्रीमा धनबहादुर बुढा रहेका छन्। समाजवादीले मन्त्रीको नामावली दिन ढिलाई हुँदा पद तथा गोपनीयताको शपथ ग्रहण निर्धारित समयभन्दा २ घण्टा ढिलो भएको हो।

सोमबार भएको नयाँ सत्ता समीकरणमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा छन्। उनीहरुले अन्य दललाई पनि गठबन्धनमा भित्र्याउन पहल गरिरहेका छन्। सोमबार नै एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ, रास्वपाबाट डीपी अर्याललाई बिना विभागीय मन्त्रीको सपथ ग्रहण गरेका थिए। उनीहरुको मन्त्रालय आज टुंगो लागेको हो।

यता गठबन्धनमा आवद्ध जसपाका नेता मोहम्मद इस्तिहाक राईले नयाँ सत्ता समिकरणलाई समर्थन गरेको भएपनि सरकारमा सहभागी हुने/ नहुने भन्ने टुंगो लाग्न बाँकी रहेको जानकारी दिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds