वीरगन्जको चिनिमिल प्राङ्गणमा भारतीय प्रसिद्ध काली कम्बल वाले बाबा सँग उपचार गराउन सर्वसाधारणहरुको ठुलो ओईरो

वीरगंज, १ चैत । वीरगंजमा अनौठो बाबा आएपछि हेर्ने र उपचार गराउनेहरुको ओइरो लागेको छ । काली कम्बल वाले बाबा नामक भारतीय बाबा वीरगंजको चिनी मिल परिसरमा आएका छन् ।

काली कम्बल वाला बाबाले क्यान्सर, मधुमेह, पक्ष्Fघात, रक्तचाप, पथरी, लुला, बहिरो, अन्धो आदिको उपचार गर्ने दावी गरिन्छ ।

बिज्ञापन

उक्त बाबा वीरगंजमा आएपछि पर्साको ग्रामीण भेगका बासिन्दाहरु उपचारको लागि बाबाकहां पुगेका छन् । चैत १० गतेसम्म उनको चिनी मिलमा शिविर रहेको र बाबाले छोएको भरमा उपचार हुने बताइन्छ ।