2024-05-04

Close

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. अंकुर साहले पदभार ग्रहण गरेका छन् ।

गत बिहीवार प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका डा. साहले सोमवार प्रतिष्ठानमा आयोजित समारोहकाबीच पदभार ग्रहण गरेका हुन् ।

उनलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उपकुलपतिमा नियुक्त गरेका थिए ।

पदभार ग्रहण अघि मुख्यमन्त्ती यादवले उपकुलपति डा. साहलाई मुख्यमन्त्री कार्यालयमा पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

प्रतिष्ठानका रेक्टर समेत रहेका डा. साह प्रतिष्ठानका निमित उपकुलपतिको रुपमा पछिल्लो समय कार्यरत थिए ।

गत २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएपछि प्रतिष्ठान उपकुलपतिबिहीन थियो ।

गत फागुन २१ गते स्वास्थ्य मन्त्रालयले उपकूलपतिका लागि डा. साहको नाम एक नम्बरमा राखेर सरकारलाई सिफारिस गरेको थियो । तर, पार्टीगत भागबण्डा मिलाउन ढिलाई भइरहेको थियो ।

स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि १८ असोजमा दरखास्त आह्वान गरेको थियो । जसमा १५ कात्तिकसम्म ९ जनाको दरखास्त परेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds