2024-04-20

Close

जनकपुरधाम । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी संसदीय निर्वाचनमा धनुषा क्षेत्र नम्बरका लड्ने तयारी गरेपछि धनुषा क्षेत्र नम्बर १ का स्थानीय युवा नेता पुजन मौवारले प्रचण्ड विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आगामी संसदीय निर्वाचनमा सुरक्षीत निर्वाचन क्षेत्रको खोजी गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धनुषा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्ने तयारी थालेपछि स्थानीय युवा नेता मौवारले प्रचण्ड विरुद्ध उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आगामी संसदीय निर्वाचनमा सांसद यादवलाई समानुपातिकमा राखेर प्रचण्डले यो क्षेत्रबाट चुनाव लड्ने विषय सार्वजनिक भएपछि लोकतान्त्रिक समाजवादी पार्टीबाट स्थानीय राजनीतिमा सक्रिय मौवारले लोसपा परित्याग गर्दै प्रचण्ड विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने तयारी अगाडि बढाएको जानकारी दिएका हुन् ।

०७४ को निर्वाचनमा यादवले तत्कालिन संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीलाई पराजित गरेका थिए । यादवले २६ हजार ४१६ मत पाउँदा उनीसँग पराजित भएका कार्कीले १७ हजार २ सय ८४ मत ल्याएका थिए । यादव र कार्कीबीच ९ हजार १२३ को मत अन्तर थियो । यो क्षेत्र मधेश प्रदेशमै माओवादीको राम्रो जनाधार भएको क्षेत्र मानिन्छ ।

आगामी संसदीय निर्वाचनपछि प्रधानमन्त्री बन्ने उदेश्य सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ असुरक्षित देखेपछि धनुषा क्षेत्र नम्बर १ मा जाने तयारी थालेको चर्चासँगै युवा नेता मौवारले पनि आफ्नो तयारी अगाडि बढाएका हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds