2024-04-28

Close

सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा स्थापित बिओपीको ड्युटी हुँदाहुँदै तस्करी व्यापक हुनु मिलोमत्तो प्रत्यक्ष संलग्नता पुष्टि हुन्छ ।

सिरहाको मुख्य नाका मानिने माडर नाकामा केही दिन अगाडी केही रक्सीको गोदाममा गरिएको छापामारीको क्रममा अवैद्य मदिराहरु फेला परेपछि भारत तस्करीको लागि राखिएको भनेर विभिन्न संचारमाध्यमहरुमा समाचार प्रकाशित भएपनि तस्करी रोक्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीलाई उन्मुक्ति दिने प्रयास भईरहेको पाईयो ।

प्रस्तावित गुल्म (बिओपी) माडरका ईन्चार्ज डिएसपी राजु दाहाल कमाण्डको विभिन्न नाकाबाट दारु मात्र नभई अन्य वस्तुहरुको व्यापक तस्करी चलिरहेको सर्वविदितै छ । माडरसहित त्यस अन्तर्गत पर्ने माडर, पटेर्वा, बुधौरा, तप्सीबाबा, लगडी लगायतका नाकाहरुबाट दिनहुँ लाखौँको रक्सी पास हुने गरेको छ ।

सीमानाकाबाट हुने तस्करीको जिम्मेवार सशस्त्र प्रहरी हुँदाहुँदै सिरहाका केही पत्रकारहरुले मात्र नेपाल प्रहरीलाई लक्षित गर्दै सशस्त्र प्रहरीलाई उन्मुक्ति दिँदै बचाउ गर्न खोज्दा कति हदसम्म पत्रकारहरुको समेत मिलोमत्तो रहेको भनेर पुष्टि हुन्छ ।

सरकारको राजस्व अपचलन रोक्ने मुख्य जिम्मेवारी पाएको राजस्व कार्यालय, आन्तरिक राजस्व कार्यालयबाट जारी हुने स्टीकर के कति संख्यामा उद्योगलाई प्रदान गरेको सम्बन्धमा अस्पष्ट हुनु सरकारी संयन्त्रको मिलोमत्तो पुष्टि हुन्छ । सिरहाको मिचैयास्थित रहेको शारदा डिस्ट्रीलरी दारु उद्योगलाई राजस्व कार्यालय लहानले के कति संख्यामा स्टीकर प्रदान गरेको सन्दर्भमा आफैँ अस्पष्ट रहँदा कर्मचारीहरुको भ्रष्ट कर्ततु उजागर भएको छ ।

सिरहाको माडर नाका हातीको देखाउने दाँतको रुपमा भएपनि खाने दाँतको रुपमा अन्य नाकाहरु रहेका छन् । सिरहाको ठाढी देखि बरियारपट्टि लगायतका नाकाहरु तस्करी र तस्करको संजीवनी नाका मानिएको छ । मंगलबार मात्र बिओपी माडरभन्दा करिब १०० मिटरको दुरीमा नेपाल प्रहरीले ६ लाख रुपैयाँ बराबरको भारतबाट आएको भन्सार छलीको अवैद्य कपडा बरामद गरेको हो ।

केही दिन अगाडी माडरमा भएको छापामारीको क्रममा राजस्व कार्यालयले शारदा डिस्ट्रीलरीलाई उन्मुक्ति दिने प्रयास गरेपनि मिडियाहरुमा समाचार प्रकाशित भएपछि पन्छियो । गोदास सील भएपछि अवैद्य दारु हटाएर स्टीकर लगाएको वैद्य दारु राख्ने समयमा सिरहाका केही पत्रकार र राजस्व कार्यालयलाई समेत जानकारी भएको थियो । सो क्रममा पत्रकारहरुले बिभिन्न बहाना बनाए भने राजस्व कार्यालयले केही क्षणमै पुगेर अनुगमन गर्ने दिलासा दिए ।

नाकाबाट हुने तस्करीमा सशस्त्र प्रहरी सिरहाको प्रत्यक्ष संलग्नता रहँदै आएको छ । तस्करीको लागि सिरहाको नेपाल प्रहरी समेत जिम्मेवार देखिएका छन् । सीमा नाकाभन्दा भित्रै डयुटीमा रहने नेपाल प्रहरीले समेत कडाईको साथ चेकजाँच नगर्दा सीमानाकासम्म अवैद्य मालसमान पुग्ने गरेको छ । त्यसको लागि नेपाल प्रहरीको केही कर्मचारीहरुको सेटिँग देखिएको छ ।

यस सन्दर्भमा सशस्त्र प्रहरी बल सिरहाका एसपी शिव प्रसाद गैरीले सीमानाकामा तस्करी भईरहेको स्वीकारे । उनले रक्सी तस्करीको सन्दर्भमा सीमानाकाको दशगजा क्षेत्रमै संचालनमा रहेको रक्सी पसलबाट टाउकोमा बोकेर रक्सी तस्करी भईरहेको जानकारी भएपनि खुल्ला सीमानाकाले तस्करी रोक्न कठिनाई भएको बताए ।

मिडियाहरुमा गाडीमा बोकेर भारततर्फ रक्सी तस्करी भईरहेको आएको समाचारप्रति उनले सशस्त्र प्रहरीले टाउको, साईकल, मोटरसाईकलमा देखेपनि नियन्त्रणमा लिने गरेको बताउँदै गाडीबााट तस्करीको कुनै तुक नरहेको दाबी गरे । सीमामा सशस्त्र प्रहरीको मुख्य भूमिका रहँदै आएको छ ।

माडरको रक्सी तस्करी र राजस्व अपचलन प्रकरणमा सिरहाकै केही पत्रकारहरुले समेत सशस्त्र प्रहरीसंग सेटिँग गरी बचाउन गर्न खोजेको समाचारहरुले आंकलन गर्न सकिन्छ । सीमानाकाबाट हुने तस्करीको मुख्य जिम्मेवार सशस्त्र प्रहरी भएपनि मात्र नेपाल प्रहरीलाई लक्षित गर्न थालेपछि प्रशासन निकायकै कर्मचारीहरुले मिडिया र पत्रकारप्रति शंका जनाएको छ ।

सिरहाका पत्रकार विनय यादवले राजश्व अपचलन, उद्योगको राजश्व छली विरुद्ध स्टीँग अपरेशन गरेपछि मिर्चैयास्थित संचालनमा रहेको शारदा डिस्ट्रीलरी (दारु उद्योग) मा राजस्व कार्यालय लहानले मंगलबार सील गरेको हो । अनुसन्धान पूरा नहुन्जेलसम्म फ्याक्ट्री सील रहने जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds