2024-04-29

Close

जनकपुरधाम । आफ्नै बुवाको अन्तिम सँस्कारमा गर्न माइत आएकी एक महिलाको हत्या भएको छ ।

धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ४ ननुपट्टिस्थित माईत आएकी धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ७ नौवाखोर पर्साही बस्ने बर्ष ५५ की शुभ मण्डल गहुँ खेतमा मृत अवस्था भेटिएकी हुन् ।

शनिबार रातिदेखी नै हराइरहेकी मण्डललाई खोजबिन गर्दै जाँदा ननुपट्टीकै एक गहुँ खेतमा हत्या गरी फालिएको अवस्थामा भेटिएकी हुन् ।

शुभकी बुवा देवनारायण मण्डलको केही दिन अगाडी देहान्त भएपछि उनी आफ्नो बुवाको अन्तिम सँस्कार गर्न माइत आएकी बताईएको छ । विहानै उनको शव गहूँ खेतमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार, शुभको गालामा कुनै गरगहना समेत देखिएको छैनन्, घटनाको प्रकृति हेर्दा गरगहना लुटेर हत्या गरिएको हुन सक्ने देखिएको हो ।

नयां बर्ष २०८१ को पहिलो सांझ बुबा देवनारायण मण्डलको मृत्यू उपरान्तको विधि अनुसार नवौ दिनको नौकेशको भोज रहेको समयमा उनी बाहिर निस्केकी थिइन् । भोज आरम्भ हुनु अगावै शुभलाई कसैले नदेखेपछी खोजबिन सुरु गरिएको थियो । रातभरी खोजबिन चलिरह्यो बल्ल आइतबार बिहान ८ बजे रुखमा पानी हाल्न पुगेको एक स्थानियले देखेपछी प्रहरीलाई खवर गरिएको थियो ।

घटनास्थलमा धनुषाका प्रहरी प्रमुख एसपी भवनेश्वर तिवारी आफैं पुगेर डग टोली परिचालन गरेका थिए । सो क्रममा प्रहरीको कुकुर उनको माईतको घरसम्म गएको बताईएको छ । घटनाको अनुसंधान र हत्याराको खोजी भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds