2024-04-29

Close

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिएका छन् ।

नेपाली काँग्रेस, जनमत पार्टी र लोसपाले प्रदेशसभा बैठक बहिष्कार गरे । यद्यपी सभामुख रामचन्द्र मण्डल बैठक चलाए र मुख्यमन्त्री यादव विश्वासको मत पाएको घोषणा गरे ।

मुख्यमन्त्री यादवले विश्वासको मतका लागि पेस गरिएको प्रस्तावको पक्षमा ६१ र विपक्षमा जिरो मत खसेको सभामुख मण्डलले घोषणा गरे । उनका अनुसार कुल १०७ सांसदमध्ये प्रदेशसभामा ६१ सांसद उपस्थित थिए ।

जनमत पार्टी र नेपाली काँग्रेसको अवरोधका कारण दुई पटक प्रदेशसभा बैठक स्थगित भएको थियो । बैठक स्थगित गरेर सहमतीको प्रयास गर्दा पनि कुरा नमिलेपछि सभामुख रामचन्द्र मण्डलले तेस्रो पटक बैठक बोलाए ।

उनले बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने सम्बन्धी राखेको प्रस्तावको कारबाही अगाडी बढाउदा जनमत पार्टी र नेपाली काँग्रेसका साँसदहरु बहिष्कार गरे । त्यसपछि बैठक स्थगत गर्न लोसपाले माग राख्यो । तर सभामुख मण्डलले बैठक स्थगन गर्न नमानेपछि लोसपाका साँसदहरु पनि बहिष्कार गरेका थिए ।

जनमतले राजविराजमा मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास समारोहमा मन्त्रीमाथि भएको हमलाको विषयमा छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राखेर बैठक अवरुद्ध गरेको थियो । जनमतको मागमा काँग्रेस र लोसपाको समर्थन छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds