नरेशचन्द्र बरबरिया
सिरहा । सिरहा नगरपालिका–१७ पटेर्वा कमला जाने सडकमा डिप बोर्डिङ जडान गरिएको छ । सिरहा नगरपालिका–१७ का वडा अध्यक्ष उमेश प्रसाद यादवको विशेष पहलमा उक्त बोर्डिङ जडान गरिएको हो ।
मधेस प्रदेशको उर्जा खानेपानी तथा सिचाइ मन्त्रालयको बजेट बाट भुमिगत जलस्रोत बिकास कार्यालय लहनको सन्युक्त सहयोगमा डिप बोर्डिङ जडान भएको छ ।
डिप बोर्डिङ जडान भएपछि कृषक रामकृपाल यादवले हर्षित हुँदै भने”हामीले अश्वासन मात्र पाएका थियो तर बोर्डिङ जडान भएको पछि खुशीको सिमा छैन अब हामी सहजै बिघाको बिघा खेतमा सिचाइ गर्न मद्दत पुर्याउछ ।
वडा अध्यक्ष यादवले स्थानीयहरूका माग र आवश्यकतालाई मध्यनजर गर्दै डिप बोर्डिङ जडान गरिएको जनाउँदै आगामी दिनहरूमा वडा विकासका लागि यस्ता कामहरू निरन्तर गरिने प्रतिबद्धता व्यक्त गरे । स्थानीय बासिन्दाहरूले वडा अध्यक्ष यादवको यो पहलप्रति वडावासी धन्यवाद ज्ञापन गरेका छन् ।