2024-12-04

Close

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मत लिन प्रदेशसभा पुगेका छन् ।

मुख्यमन्त्री यादवले विश्वासको मत सम्बन्धी कार्यसूची सार्न गरेको आग्रह सभामुखले अस्वीकार गरेर बैठक बोलाएपछि उनीसहितका मन्त्रीहरु उपस्थित भएन । त्यसपछि १० मिनेटका लागि बैठक स्थगित गरेर सभामुख मण्डलले जसपा नेपाल संसदीय दलसंग छलफल गरेपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन तयार भए ।

आजै दोस्रो पटक बसेको बैठकमा मुख्यमन्त्री यादव उपस्थित भएका हुन् । स्रोतका अनुसार जसपा नेपालले सभामुख मण्डललाई बैठक स्थगित गर्न दबाब दिन अझै छाडेका छैन् । यद्पी सभामुख मण्डलले केहि बेरमा पुनः बैठक सुरु गर्ने छन् ।

मुख्यमन्त्रीलाई जसपा नेपाल, नेपाली कांग्रेस र लोसपा विश्वासको मत दिनेछन् । तीन दलले विश्वासको मत दिए मात्र ४९ सांसद पुग्छ । विश्वासको मत पाउन अर्थात् सरकार टिकाउन ५४ सांसद आवश्यक पर्छ । सरकार टिकाउन अझै ५ जना सांसदको आवश्यक रहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर