2024-12-12

Close

जनकपुरधाम । १ करोड ३५ लाखभन्दा बढीको भन्सार छली र विलविजकभन्दा बढीको सामान धनुषा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार आइतबार राति, सोमबार बिहान विभिन्न स्थानबाट १ करोड ३५ लाख १९ हजार ४३२ रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।

आइतबार राति करिब साढे १० बजे मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र ईलाका प्रहरी कार्यालय ढल्केवर, धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले मिथिला नगरपालिका–६ ढल्केवर चोकमा बागमती प्रदेश ०३–००१ ख २०९२ नम्बरको ट्रक चेकजाँच गर्दा भन्सार छलीको २१ हजार किलो प्याज नियन्त्रणमा लिएको हो ।

ट्रकमा रहेको ३४ लाख ९१ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद गरेको प्रवक्ता अवाले जानकारी दिए । बरामद गरिएको प्याज, ट्रक र ट्रक चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको बताए ।

यस्तै, सोमबार बिहान प्रहरी टोलीले मिथिला–६ ढल्केवर चोकमा बागमती प्रदेश ०१–००४ क २७२१ नम्बरको ट्रक चेकजाँच गर्दा बिलविजक भन्दा बढीको ६ सय काटुन मदिरा नियन्त्रणमा लिएको छ । उक्त ट्रकमा करिब ८९ लाख ४६ हजार ९ सय रुपैयाँ बराबरको मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बरामद गरिएको मदिरा, ट्रक र ट्रक चालकलाई आवश्यक अनुसन्धानका लागि पथलैया पठाइएको छ ।

यस्तै, जनकपुरधाम उपमहानगरपालिका–३ र गणेशमानचारनाथ नगरपालिका–८ मा भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको विभिन्न किसिमका किराना सामानहरुसहित ४ वटा मोटरसाइकलसहित १० लाख ८१ हजार ३३२ रुपैयाँ बराबरको सामान बरामद गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जनकपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर