अप्पन जनकपुर
जनकपुरधाम । एसिया कप २०२३ मा आज हुन लागेको नेपाल-भारतबीचको खेलमा नेपाली क्रिक्रेटरलाई हौसला बढाउन तराई मधेशका जनप्रतिनीधिहरु पनि अगाडी आएका छन् ।
क्रिकेट म्याच हेर्नको लागि जनकपुरको विभिन्न स्थानमा ठुला पर्दा लगाईएको बेला सरकारी निकायहरुले समेत विदाको घोषणा गरेको छ । विदा मात्र नभई एक स्थानीय तहले पुरस्कार नै घोषणा गरेको हो ।
धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष यादवले नेपाली खेलाडीहरुलाई उत्साह बढाउनको लागि १ लाख रुपैयाँसम्म पुरस्कार घोषणा गरेको हो । गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै म्याचमा १०० रन बनाउने खेलाडीलाई १ लाख रुपैयाँ व्यक्तिगत तर्फबाट प्रदान गरिने बताए ।
गाउँपालिका अध्यक्ष यादवले अर्ध शतक अर्थात ५० रन बनाउने खेलाडीलाई ५० हजार रुपैयाँ दिइनेछ भने विकेट तर्फ ह्याट्रीक लिने बलरलाई पनि ५० हजार रुपैयाँ ईनामको घोषणा गरेको हो ।
नेपाल पहिलो पटक भारतको सिनियर खेलाडीसँग जुध्न लागेको भन्दै ऐतिहासिक क्षणमा देशका युवा खेलाडीहरुलाई उत्साहित पार्न स्थानीय सरकारको हैसियतले पुरस्कार घोषणा गरेको जानकारी दिए । उनले देश खेलिरहँदा गौरव महसुस भएको बताए । भारतमा नेपालको झण्डा फहराएको हेर्न चान्छु, उनले भने ।