2020-10-26

Close

जनकपुरधाम,५ मंसिर ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट रघुवीर महासेठलाई हटाएपछि उनकै क्षेत्रमा मैनबत्ती ९क्यान्डल० बालेर गरी स्थानीय मतदाताले खुशियाली मनाएका छन्।

बिहीबार साँझ धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ मा स्थानीय मतदाताले मैनबत्ती बालेर खुशियाली मनाएका हुन् । क्यान्डल बाल्न सहभागी स्थानीय मिथिलेश यादवले चुनावमा जिताउन सहयोग गरे पनि अहिले आएर बेवास्ता गरेका कारण मन्त्रीबाट हटाउदा खुशी भएको बताए ।

‘महासेठलाई चुनाव जिताउन हामीले सहयोग गरेका थियौँ । तर उहाँ मन्त्री बनेपछि यहाँका ३/४ जना कार्यकर्तालाई मात्र सहयोग गर्नुहुन्छ। र ती व्यक्तिहरू यहाँ दादागिरी देखाउँछन्- उनले भने, ‘त्यसैले मन्त्रीबाट हटाउँदा हामी खुशी भएका छौँ ।’

लक्ष्मीनियाँका वडाध्यक्ष ४ का वडाध्यक्ष राकेश साह पनि क्यान्डल बाल्ने कार्यक्रममा सहभागी थिए। उनीसमेत क्यान्डल बालेर खुशियाली मनाएको स्थानीयले समेत बताए। तर, वडाध्यक्ष साहले आफू क्यान्डल बाल्ने बेलामा बाहिर रहेको दाबी गरे । उनले क्यान्डल बालेको कुरा थाहा पाए पनि किन बालेको विषयमा थाहा नभएको प्रतिक्रिया दिए ।

धनुषा क्षेत्र नम्बर ४ बाट महासेठ तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर