2024-04-19

Close

जनकपुरधाम : मतदाना नामावली संकलन कार्यका लागि समय थप गर्न जनमत पार्टीले माग गरेको छ । मधेश प्रदेश निर्वाचन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउँदै जनमत पार्टीले धेरै जना योग्य नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकोले समय थप गर्न माग गरेको हो ।

शुक्रबार मधेश प्रदेश निर्वाचनका प्रमुख श्रीधर पन्थीलाई ज्ञापन पत्र बुझाँउदै जनमत पार्टीले अहिले पनि जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावलीमा नाम समावेश गराउनेहरुको भिड बढी रहेकोले समय थप गर्न माग गरेको हो ।

साथै जनमत पार्टीले पालिका स्तरमा पुगेर पनि फोटो सहितको मतदाता नामावली संकलन गर्न माग गरेको नेता बीपी साहले जानकारी दिएका छन् । स्थानीय स्तरमा प्रचारप्रसार नहुदा धेरै योग्य नागरिकहरुलाई मतदाता नामावलीमा नाम लेखाउने कार्य बारे जानकारीसमेत नभएकोले स्थानीय स्तरमा प्रचार प्रसार गर्न पार्टीले माग गरेको साहले बताए ।

यसैगरी जनमत पार्टीले मधेश प्रदेशलगायतमा पनि अनलाइन प्रणालीबाट मतदाता नामावली संकल गर्न माग गरेको छ । नेता साहले भने,‘विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार दिने कुरा हुँदै आएको छ । त्यो पनि गरिनु पर्छ । तर, तत्काल विदेशमा रहेका योग्य नागरिकहरुलाई मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था मिलाइनु पर्छ । दूतावास अथवा अनलाइनमार्फत भएपनि विदेशमा रहेका नेपालीहरुको नाम मतदाता नामावलीमा समावेश हुनु पर्छ ।

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अघि मतदाता नामावली संकलन भइरहेको छ । असार मसान्तसम्म मात्र नाम संकलन हुने निर्वाचन आयोगले जनाएको छ । तर, निर्वाचन कार्यालयहरुमा अहिले पनि मतदाता नामावलीमा नाम लेखाउनेहरुको निकै भिड देखिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds