2024-10-08

Close

जनकपुरधाम । तारा एयरले पहिलोपटक जनकपुरबाट लुक्ला सीधा उडान सुरु गरेको छ । पहिलो दिनमै एयरले ७ वटा उडान सफलतापूर्वक सम्पन्न गरेको छ । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार, काठमाडौँको हवाई चापका कारण काठमाडौंबाट उडान अनुमति पाउन गाह्रो भएकोले यात्रुलाई जनकपुरबाट लुक्ला पुर्याउने योजना सुरु गरिएको हो ।

जनकपुरबाट उडानको लागि तारा एयरले यति एयरलाइन्ससँग सहकार्य गरेको छ । यति एयरले यात्रुलाई काठमाडौंबाट जनकपुर पुर्याएपछि तारा एयरले जनकपुरबाट लुक्लामा उडान सेवा उपलब्ध गराएको हो । तारा एयरले पहिलो दिन ३५ यात्रुलाई लुक्ला पुर्याएको छ भने लुक्लाबाट १०५ यात्रुलाई जनकपुरमा ल्याएको बताइएको छ ।

यस सेवा अन्तर्गत काठमाडौंबाट सिधै लुक्ला उडानको सट्टा यात्रुलाई जनकपुरको वैकल्पिक मार्गबाट यात्रा गराउँदै पर्वतीय क्षेत्रका पर्यटकलाई सहज बनाउने लक्ष्य तारा एयरले लिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर