2024-04-19

Close

जोगिन्द्र बोले प्रणाम जी पनि बन्द गर्न पत्र

जनकपुरधाम, जेठ ७ : प्रदेश २ सरकारले कृषि टेलिभिजन नेपाल वाट प्रशारण भएको एक कार्यक्रममा मधेशी समुदायको खिल्ली उडाएको र मधेशीलाई अपमान गरेको भन्दै कार्यक्रममा संलग्नहरुलाई कारवाही गर्न मांग गरेको छ ।


सरकारका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले संघिय सरकारको सञ्चार तथा सुचना प्रविधी मन्त्रालयलाई एक पत्र लेख्दै सो टेलिभिजनको जेठ ६ गतेको कोरोना बिर्साउने गफगाफ कार्यक्रममा प्रस्तुत गरिएको भाषा र सांकेतिक भेषभुषाले मधेशी वर्गलाई ठेस पुरयाएको र जनतामा व्यापक विरोध तथा आक्रोस रहेकाले संविधानको धारा १७ को उपधारा २ तथा धारा १८ को उपधाराहरु २ र ३ बमोजिम कारवाही गर्न मांग गरेको छ । २०७४ को राज्य विरुद्वका कसुर अन्तर्गत दफा ४९ को ४ र दफा ६५ को १ को व्यवस्था बमोजिम यस्ता गतिविधीहरु बन्द हुनुपर्ने पत्रमा उल्लेख छ ।


साथै नेपालको विभिन्न टेलिभिजनहरुको कार्यक्रम जस्तै, कोरोना बिर्साउने गफगाफ, ह्वाट द फ्लप, जोगीन्दर बोले प्रणाम जी सहित नेपाली चलचित्रहरुमा केहि सिमित व्यक्ति र समुदायको मनोरञ्जन तथा हाँसोका लागि कुनै खास वर्ग मधेशी सहितकालाई भाषा, भेषभुषा शब्द अभिनय र संकेतका माध्यमले होच्याउने, अपमान गर्ने तल देखाउने जस्ता गलत कृयाकलापले कुनै विशेष समुदायमा आक्रोस पैदा गरि राष्ट्रिय एकता तथा समाजिक सदभाव खलबलाउन सक्ने भएकाले यस्ता विभेदकारी कार्यक्रम निर्माण र प्रशारणमा रोक लगाउन समेत मांग गरिएको छ । पत्र गृहमन्त्रालय, मानव अधिकार आयोग, मधेशी आयोग, चलचित्र बोर्ड सहितकालाई समेत बोर्धाथ गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds