जनकपुर बोल्ट्स बन्यो NPL को पहिलो च्याम्पियन

जनकपुरधाम । नेपाल प्रिमियर लिग (NPL) को पहिलो च्याम्पियन जनकपुर बोल्ट्स बन्न सफल भएको छ ।

सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लाहिरु मिलान्थाको ८७ रनको मदतमा सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले ४ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

बिज्ञापन

सुदूरपश्चिम रोएल्सविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर बोल्ट्स च्याम्पियन बनेको हो ।

मिलान्थाको ब्याटीँग चलेपछि ४ विकेट गुमाउँदै जनकपुर बोल्ट्सले ४ बल बाँकी रहँदै च्याम्पियन बनेको हो ।