जनकपुरमा हिरा हेल्थकेयरको बदमासी, बिरामीसँग मनपरी शुल्क असुल्दै

जनकपुरधाम । जनकपुरधाममा सञ्चालित हिरा हेल्थकेयर हस्पिटलले बिरामीसँग मनोमानी शुल्क असुल्न थालेको छ ।

गत कात्तिकमा पहिलोपटक निजी अस्पतालले सरकारले तोकेको शुल्क अनुसार सेवा प्रवाह गर्ने उदेश्यसहित सञ्चालनमा आएको हिरा हेल्थकेयर हस्पिटलले बिरामीसँग एउटै सेवाका लागि फरकफरक शुल्क असुल्न थालेको पाइएको हो ।

बिज्ञापन

अस्पतालले एकैदिन दुईजना बिरामीको एन.आई.सी.यू. बेडचार्ज फरकफरक लिएको बुझिएको छ ।

सरकारले तोके अनुसार अस्पतालमा विपन्नका लागि १० प्रतिशत शय्या छुट्याउने, बिरामीलाई सर्वसुलभ शुल्कमा उपचार सेवा प्रदान गर्ने लगायतको दावी गरेपनि अहिले बिरामीहरू मनपरी शुल्क असुल्न थालेको हो ।