2024-04-26

Close

कलैया : जसपा अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्ने नाममा बारा २ मा निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् ।

जसपाका सांसददेखि प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीसम्मले आचारसंहिताको उल्लंघन गर्दै चुनावी गतिविधि गरेका हुन् । सत्तामा रहेर खुलेयाम आचारसंहिताको धज्जी उडाउँदा पनि निर्वाचन आयोग मुकदर्शक भएर बसेको छ ।

जिल्ला आचारसंहिता अनुगमन समिति यहाँको चलन यस्तै रहेछ भनेर चुप लागेर बसेको छ । उपेन्द्रलाई जिताउने नाममा सरकारी संयन्त्र नै निरिह बन्नेगरी कानुन र आचारसंहिताको धज्जी उडाएपछि मतदाता आक्रोशित बनेका छन् ।

सरकारी संयन्त्र ब्यानर हटाउनेमा सीमित छ । चेतावनी दिने र स्पष्टीकरण सोध्ने तहमा हिम्मत गर्न सकेको छैन । जसका कारण उपेन्द्रले मनपरी गरिरहेका छन् ।

आचारसंहिताको उल्लंघन भइरहेको जानकारी भए पनि तराईमा यस्तै अभ्यास चलिआएको बाराका आचारसंहिता अनुगमन अधिकृत हरिकृष्ण बरालले बताए । उनले नियमनको पहल भइरहेको दाबी गरे । जसअन्तर्गतमा सडकमा रहेका तुल ब्यानर हटाइएको उनको भनाइ छ । रोचक कुरा के छ भने अनुगमन सरकारी अधिकारी फिल्डमा समेत जान डराएका छन् ।

उपेन्द्रले सारा सत्तालाई परिचालन गरेकाले सरकारी अधिकारीले हिम्मत गर्न नसकेको एक सुरक्षा अधिकारीले बताए । भीडभाड गर्न नहुने, भोजभतेर गर्न नहुने, ठूलो पोस्टर र ब्यानर लगाउन नहुने, मतदाता प्रभावित पार्न नहुने घटनाको विपरीत उपेन्द्रले चुनावी क्याम्पेन चलाएका छन् । आश्वासन बाँडिरहेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds