अप्पन जनकपुर
जनकपरधाम । धनुषा र सिरहा जोड्ने कमला नदीले बगाएको दम्पती मध्ये श्रीमतीको शव २४ घण्टापछि फेला परेको छ ।
बुधबार दिउँसो धनुषाको गणेशमान चारनाथ नगरपालिका-९ बरमझियास्थित कमला नदीमा आज दिउँसो श्रीमती ३० वर्षीय माया पजियारको शव फेला परेको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राम कृष्ण देवकोटाले जनकारी दिए । श्रीमान ३५ वर्षीय साजन परियार अझै बेपत्ता छन् ।
मङ्गलबार दिउँसो १ बजे कमला ब्यारेज नजिक दाउरा टिप्न गएको बेला गणेशमान चारनाथ नगरपालिका–७ का परियार दम्पतिलाई बाढीले बगाएको थियो ।