
वीरगन्ज २१ चैत
पर्सा प्रहरीले अवैध लागूऔषध २२० ग्राम खैरो हिरोईन सहित ४ जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा भारत विहार राज्य जि.पूर्वी चम्पारण थाना रक्सौल वडा नं.१४ मौजे बस्ने वर्ष ३७ को कृष्णा कुमार, भारत विहार राज्य जि.पूर्वी चम्पारण थाना रक्सौल वडा नं.१३ बस्ने वर्ष ३८ को सुधिर कुमार, भारत विहार राज्य जि.पूर्वी चम्पारण थाना रक्सौल वडा नं.१३ बस्ने वर्ष ४८ को अमित कुमार ,भारत विहार राज्य जि.पूर्वी चम्पारण पि.एस.रक्सौल ग्राम सिसवा वडा नं.१ बस्ने वर्ष २७ को राजा कुमार रहेको पर्सा प्रहरीले जनाएको हो।




जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनार्वा पर्साबाट सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा वीरगञ्ज मनगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा खटिएको संयुक्त चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको सूचना प्राप्त अनुसार BR06DE0007 नम्बरको कालो स्कार्पियो गाडीलाई रोकी जाँच गर्ने क्रममा उक्त गाडीको पछाडीपट्टीको डिक्की भित्र कार्पेटले छोपी कालो रंगको प्लाष्टिकको झोलामा लुकाइ छिपाई राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ दुई वटा पोका मध्ये एउटा पोकाभित्र १०० ग्राम र अर्को पोकाभित्र १२० ग्राम गरी जम्मा २२० ग्राम फेला परेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनु भयो।

खैरो हिरोईन सहित गाडी र ४ जनालाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा मुद्दा चलाई सम्मानित अदालतबाट ५ दिनको म्याद थप लिई अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक मिश्रले बताए।
                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          