जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकुहामा १५ शैय्या क्षमताको प्राथमिक स्वास्थ्य केन्द्र PHC भवनको निर्माण कार्यको शिलान्यास नगरप्रमुख दिनेश प्रसाद यादवको नेतृत्वमा भव्य रूपमा सम्पन्न भएको छ ।
शिलान्यास कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका वडाध्यक्ष, सदस्य, समाजसेवी, शिक्षक, भद्रभलादमी, बुद्धिजीवी तथा नगरवासीको उपस्थिति रहेको थियो । कार्यक्रममा नगरप्रमुख यादवले राष्ट्रिय योजना आयोगबाट पहल गरी १२ करोड रुपैयाँको लागतमा स्वास्थ्य केन्द्र भवन निर्माण गर्न लागिएको जानकारी दिए ।
यो स्वास्थ्य केन्द्रले नगरवासीलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ । नगरवासीबीच यस पहलप्रति खुसी र आशावाद देखिएको छ ।