2024-04-26

Close

सप्तरी, साउन १८ गते । मुलुककै प्रसिद्ध सप्तरीस्थित छिन्नमस्ता देवीको मूर्तीबाट चोरी भएको मुकुट फेला परेको छ । मुकुट चोरी गर्ने व्यक्ति पनि समातिएका छन् ।

आइतबार साँझ छिन्नमस्ताको चाँदीको मुकुट चोरी भएको थियो । चोरी भएको मुकुट विष्णुपुर गाउँपालिका वडा नम्बर ५ बाट फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।

उनका अनुसार मुकुट बोकेका मान्छे गाउँ घुमिरहेको जानकारी प्राप्त भएपछि प्रहरी टोलीले ती मान्छेलाई नियन्त्रणमा लिएको छ । ‘नियन्त्रणमा लिएका मान्छेको मानसिक सन्तुलन ठीक नभएको कुरा आइरहेको छ’ एसपी धमलाले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं ।’

छिन्नमस्ता गाउँपालिका ३ स्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मूर्तीबाट मुकुट चोरी भएपछि खोजीका लागि भारतीय सीमा समेत सिल गरी चोर खोज्ने काम गरिएको थियो ।

मुकुट चोरी भएको सूचना आएपछि प्रमुख जिल्ला अधिकारीजयनारायण आचार्यसहित सुरक्षा अधिकारी राति छिन्नमस्ता मन्दिर पुगेका थिए ।

मन्दिरमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । तर, २०७७ साल असार महिनामा बिग्रेको यो क्यामेरा मर्मत गराउनेतर्फ कसैले ध्यान दिन सकेको छैन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds