वीरगन्ज ।सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि भित्राएको ५ लाख रुपैया बराबरको लत्ताकपडा किराना सामान सहित मोटरसाइकल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल( प्रस्तावित ) सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोली पर्साको बार्वा नाकाबाट ठुलो मात्रामा ना१५ प ३८९०नम्बरको मोटरसाइकलमा लोड गरि अवैध रुपले भित्राएको लत्ताकपडा र किराना सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरि सशस्त्र प्रहरी बल नेपाल पर्साले ट्याक्टर सहित मकै पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल बाहिनी, गुल्म अलौ र प्रसौनी बिओपीको संयुक्त टोलीले प्रसौनी नाकाबाट मकै सहित ट्याक्टर पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक पुजाराले बताउनुभयो।
सशस्त्र प्रहरीले करिब १३लाख५८ हजार ४सय रुपैया बराबरको मकै सहित ट्याक्टर पक्राऊ गरेको छ।
पक्राउ परेका लत्ताकपडा, किराना, मकै, मोटरसाइकल र ट्याक्टर भन्सार कार्यालय वीरगन्जमा बुझाएको डिएसपी पुजारीले बताउनुभयो।