2025-07-11

Close

एजेन्सी । बिहारको मधेपुरा जिल्लामा एक दर्दनाक पारिवारिक हत्या भएको छ । मंगलबार राति बुढी गाउँमा २४ वर्षीय रञ्जित रामको घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको छ । घटनापछि मृतककी श्रीमती सविता देवीलाई प्रहरी हिरासतमा लिएर सोधपुछ भइरहेको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार, रञ्जित र सविताबीच लामो समयदेखि पारिवारिक विवाद चलिरहेको थियो । मृतककी आमा किरण देवीका अनुसार खाना खाएपछि सुतेका दम्पतीबीच राति झगडा भएको आवाज आएको थियो । राति २ बजेतिर सविता जोर जोरले रोएको आवाज सुनेर पुगेकी आमाले रञ्जितको शव बरन्डामा झुण्ड्याइएको अवस्थामा देखेकी थिइन् ।

शवको घाँटी र मृगौलामा गहिरा धारिलो चोटका चिन्ह थिए । सविताले आफूले लगाएको साडीमै फाँसी लगाएर शव झुण्ड्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । साथै, उनले आफ्नो मोबाइल समेत तोडेकी थिइन् ।

मृतक रञ्जित रामका मामा दिनेश रामका अनुसार, सविताको मामाघरकै एक युवकसँग सम्बन्ध रहेको आशंका पहिले देखिनै थियो, जसका कारण झगडा भइरहन्थ्यो। मृतकको विवाह तीन वर्षअघि सुपौल जिल्लाको गिरधरपट्टीमा भएको थियो।

घटनाको अनुसन्धानमा प्रहरीले सिम कार्ड बरामद गरेर प्रमाण सुरक्षित गरेको छ। स्थानीय समुदायमा त्रास फैलिएको छ भने, रञ्जितका बुबा पिन्टु राम अहिले पञ्जाबमा मजदुरी गर्दै आएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर