2024-04-19

Close

सर्लाही, साउन २३ गते। सर्लाहीको हरिवन नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत विहीबार मध्यान्ह ट्रकको ठक्करबाट मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आइरहेको ना। ५६ प १०४८ नम्बरको मोटरसाइकलविपरीत दिशाबाट आइरहेको ना५ख ६०१४ नम्बरको ट्रकसँग ठोकिँदा बरहथवा नगरपालिका–४ का १९ वर्षीय विक्रम दास कथवनिया र सोही ठाउँका २९ वर्षीय मनोजकुमार दासको मृत्यु भएको हो। ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते विक्रमको स्थानीय नमूना अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो भने मनोजको थप उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा हेटौंडा पुगेपछि मृत्यु भएको हो।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल हरिवन नगरपालिका(११, स्थित चापिनी पुल छेउमा विपरीत दिशाबाट आफ्नै साइडमा आइरहेको ट्रकमा ठोकिन पुगेको थियो। मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पठाइएको छ भने ट्रकका चालक भने फरार रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds