
श्याम गुप्ता
बारा । जेन–जीको प्रदर्शनलाई समर्थन गर्दै मंगलवार बारामा पनि बिभिन्न स्थानमा युवाहरुले राजमार्गमा टायर बालेर बिरोध गर्दै प्रदर्शनमा उत्रिएका छन् ।
जेन–जी प्रदर्शनमा भएको ठूलो जनहानी पछि आज बिहानैं देखि बाराको जीतपुर, परवानीपुर चोक लगायतका बिभिन्न स्थानहरुमा युवाहरू सडकमा उत्रिएका हुन् ।
उनीहरूले सडकमा टायर बालेर आवागमन अवरुद्ध गर्दै सरकार विरुद्ध नाराबाजी गरेका छन् ।
जिल्लाको जीतपुरमा गरिएको प्रदर्शनका क्रममा ‘केपी ओली मुर्दावाद’ र ‘हामीलाई बोल्न दे सरकार’ लेखिएका प्लेकार्ड बोकेका युवाहरूले प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
स्थानीय प्रहरी प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मी परिचालन गरेको छ ।
यस अघि सोमवार काठमाण्डौंमा भएको विरोध प्रदर्शन हिंसात्मक मोड लिँदा १९ जनाको मृत्यु भएको थियो । काठमाण्डौंमा १७ र इटहरीमा २ जनाको ज्यान गएको पुष्टि भएको छ ।
उक्त घटना पछि देशको विभिन्न स्थानमा आक्रोशित युवा सडकमा उत्रिन थालेका छन् । भने प्रशासनले शान्ति–सुरक्षा कायम गर्न तथा धैर्य र संयमता अपनाउन सबैलाई आग्रह गरेको छ ।






