विपिन कुमार यादव, सबैला (धनुषा) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायीय समिति सदस्य मातृका प्रसाद यादवको पैतृक गाउँ सबैलामा १३ सयभन्दा बढी नेता कार्यकर्ताले नेकपा परित्याग गरेका छन्।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ को विभिन्न गाउँबाट सहभागी नेकपाका नेता तथा कार्यकर्ताहरुले नेकपा परित्याग गरी जसपामा प्रवेश गरेका हुन्। मातृका उक्त क्षेत्रबाट निर्वाचित संघीय सांसद हुन्।
मातृकाको चरम भ्रष्टाचार र जातीवादका कारण नेकपा परित्याग गर्नु परेको जसपामा प्रवेश गरेका सुरेश राईले अप्पन न्यूजलाई बताए।
नेता राईका अनुसार मातृकाले नेकपाभित्रै गुट संचालन गरेको र नयाँ पार्टी बनाउने तयारी गरेकोले आफूहरु नेकपा परित्याग गरेको दाबी गरे।
जसपाले सबैलामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपाबाट १३ सयभन्दा बढी र नेपाली कांग्रेसबाट ७ सयभन्दा बढीले जसपामा प्रवेश गरेको जसपाका युवा नेता संजय कुमार चौधरीले जानकारी दिए।
कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, संघीय सांसद उमाशंकर अरगरिया, मुख्यमंत्री लालबाबु राउत, प्रदेश मंत्रीहरु जीतेन्द्र सोनल, रामनरेश राय, नवलकिशोर साह, नेता अनिल झा प्रदेश सांसदहरु सुरिता साह, मनिष सुमन र रामसिश यादव लगायतका सहभागिता रहेको थियो ।
This will close in 20 seconds