2024-04-25

Close

 

सुनसरी साउन २७ गते । सुनसरीको पश्चिम कुशाहामा अवस्थित कोसीटप्पु वन्यजन्तु आरक्षको मुख्य आकर्षण अर्ना र हात्ती बनेका छन् । आरक्षमा विशेषगरी अर्ना र हात्ती हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या धेरै रहेको आरक्ष प्रशासनले जनाएको छ ।

०३२ सालमा स्थापना भएको आरक्ष कोसी नदी तटमा अवस्थित संरक्षित क्षेत्र हो । स्थापना कालमा यहाँ ६३ अर्ना थिए । सन् २०१० मा गरिएको गणनामा अर्नाको संख्या २ सय १९ पुगेको थियो भने २०१८ मा गरिएको गणनामा अर्नाको संख्या ४ सय ४१ पुगेको आरक्षका निमित्त प्रमुख गणेश तिमल्सिनाले बताए । ‘आरक्षमा अहिले अर्नाको संख्या झनै बढेको छ, तर गणना गर्न बाँकी छ,’ लिमल्सिनाले भने, ‘अहिले अर्नाको संख्या करिब पाँच सय पुगेको हामीले अनुमान गरेका छौँ ।’ कोसीटप्पुको मुख्य आकर्षण अर्ना र हात्ती नै भएको उनले बताए ।

४९० प्रजातिका चरा
आरक्षमा बकुल्ला, गरुड, सारस, पानी चरालगायत ९० प्रजातिका चराचुरुंगी पाइन्छन् । जलचरमा घडीयाल गोही, मगरगोही र सांससमेत आरक्षणमा पाइने गरेको तिमल्सिनाले बताए ।
अहिले आरक्ष क्षेत्रमा छावा र माउ गरी १० वटा घरपालुवा हात्ती छन् । आरक्षका निमित्त प्रमुख लिमल्सिनाका अनुसार ५५ वर्षे शोभाकली र उसका दुई सन्तान छन् । ११ वर्षे लक्ष्मीकली र ९ महिनाकी कौशीकली शोभाकलीका सन्तान हुन् । १६ वर्षको दमदमकली र सरस्वतीकली, ६३ वर्षे अम्बिकाकली, २० वर्षे पारसगज, १७ वर्षे कुलप्रसाद नाम गरेका भाले हात्ती पनि आरक्षमा छन् । त्यस्तै, १६ वर्षे तीर्थमानकली, ५५ वर्षे पृथ्वीकली र ६८ वर्षे पार्वतीकली छन् ।


१७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष सुनसरी, सप्तरी र उदयपुर जिल्लामा पर्छ । यो आरक्ष ०६१ सालमा रामसार सूचीमा सूचीकृत भएको छ । आरक्ष क्षेत्रको सुरक्षाका लागि नेपाली सेना खटिएका छन् । आरक्षभित्र अर्ना हेर्न भ्युटावरको समेत स्थापना गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds