2024-04-25

Close

जनकपुरधाम : धनुषाबाट मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिराहाको बिष्णुपुर गाउँपालिका–२ का २१ वर्षीय प्रमोदकुमार यादव, २२ वर्षीय मनोजकुमार यादव, सोही नगरपालिकाको वडा नम्बर ३ बस्ने २१ वर्षीय रोहितकुमार यादव, २३ वर्षीय जितेन्द्रकुमार यादव र धनुषाको सबैला नगरपालिका–४ बस्ने २० वर्षीय अमरेन्दकुमार यादव छन् ।

जितेन्द्र बाहेकका चारैजना सर्वसाधारणको मोटरसाइकल चोर्ने र जितेन्द्रले भने चोरीको मोटरसाइकल किन्ने गरेको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

शनिबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ सखुवा बजारबाट दिउँसो सशस्त्र प्रहरी जवान मिथिलेश यादवको ज ८ प ८७७५ नम्बरको अपाची मोटरसाइकल क्षिरेश्वरनाथ नगरपालिका–५ बाट चोरी भएको थियो । त्यसको खोजीमा जुटेका प्रहरीले मोटरसाइकल चोर गरोहलाई नै पक्राउ गरेको हो ।

उक्त चोरीको मोटरसाइकलसहित प्रहरीले रोहितलाई क्षिरेश्वरनाथ नगरपालिका–९ स्थित जलाद खोला हुँदै जाने क्रममा पक्राउ गरेपछि उनले अन्य ३ वटा मोटरसाइकल पनि आफूले नै चोरी गरेको स्वीकारेका थिए ।

रोहितकै बयानका आधारमा ज १२ प ६११८ नम्बरको २ सय सीसीको पल्सर, स ७ प ५२०३ नम्बरको डिस्कभर र को ३२ प ७६४ नम्बरकमे स्प्लेन्डर मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

रोहितले चोरी गरेको अन्य तीन पटा मोटरसाइकल उनकै डेरा क्षिरेश्वरनाथ नगरपालिका–५ बाट प्रहरीले बरामद गरेको हो । उनको डेराबाट मोटरसाइकल चोरीमा प्रयोग हुने उपकरणसमेत बरामद भएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

अनुसन्धानको क्रममा प्रमोद र अमरेन्द्रको साथबाट स ४ प ५७४६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल बरामद भएको उनले जानकारी दिए। यस्तै क्षिरेश्वरनाथ नगरपालिकाबाटै चोरी भएको ना ३९ प ६३८२ नम्बरको मोटरसाइकलसहित मनोजलाई पक्राउ गरिएको छ भने यो मोटरसाइकल किन्ने जितेन्द्रलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds