2024-04-18

Close

काठमाडाैं । राष्ट्रिय एकता अभियानले बंगलादेशमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनाको निन्दा गरेको छ ।
त्यसैगरी अभियानले बंगलादेशको सरकारसँग जिहादी आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न माग गरेको छ ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना समक्ष अभियानले नेपालस्थित रहेको बंगलादेश राजदूतावास मार्फत ज्ञापन पत्र बुझाउँदै बंगलादेशमा रहेका हिन्दु समुदायको सुरक्षाको माग गरेको छ ।
अभियानका केन्द्रीय अध्यक्ष विनय यादवकाे नेतृत्वकाे टाेलीले नेपालका लागि बंगलादेशी राजदूत सालाऊदीन रमन चौधरी मार्फत प्रधानमन्त्री हसिना समक्ष ज्ञापन पत्र बुझाएकाे हाे ।
बुझाइएकाे ज्ञापन पत्रमा लेखिएको छ, ‘ बंगलादेशमा भएको सो घटनाले नेपालको सम्पूर्ण हिन्दू समुदायलाई चोट पुर्‍याएको छ, बंगलादेशमा हिन्दु जनसंख्या र पूजास्थलहरुमा संगठित भीडको हमलाको खबरबाट हामीलाई गहिरो आघात पुगेको छ, बंगलादेशमा हिंसा फैलिएपछि बुधबारदेखि कम्तीमा ६ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको पुष्टि भएको छ, कम्तीमा १७ हिन्दू मन्दिरहरुमा हमला भएको छ र त्यहाँका मूर्तिहरु तोडफोड भएको छ ।
राजधानी ढाकामा सयौं मानिसहरुले अहिले विरोध प्रदर्शन गरिरहेका छन् । चार दिनदेखि देशमा चलेको धार्मिक हिंसा अन्त्यको माग गर्दै उनीहरु विरोधमा उत्रेका हुन्।
सामाजिक सञ्जालमा इस्लामको पवित्र पुस्तक कुरान हिन्दू मन्दिरको तल राखिएको तस्बिर भाइरल भएलग्तै दङा भड्किएको थियो। दङामा हिन्दुहरुमाथि हमला गरिएको छ।
हालसम्म अधिकांश हिन्दु धार्मिक स्थलहरुमा हमला भएको छ, बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले साम्प्रदायिक सद्भाव भंग गर्ने उद्देश्यले आक्रमण भएको बताएका छन्।
हिंसा अक्टोबर १५ देखी सुरु भएको थियो, जब सयौं मुसलमानहरुले हिन्दु देवताको घुँडामा कुरान राखिएको तस्बीर देखे तब दक्षिण पूर्वी नोआखली जिल्लामा उनीहरुले विरोध गरे त्यतिखेर हिन्दुहरुको महान चाड दशैं चलिरहेको थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds